लाकुरीको पैँयाचौर पूर्ण सरसफाइ टोल घोषणा

दैलेख:  दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीको पैँयाचौर टोललाई पूर्ण सरसफाइ स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ ।
यहाँका ९१ घरधुरी र एउटा सामुदायिक विद्यालयमा सरसफाइका सवै सूचकहरु पूरा गरिएको छ ।
घर आँगन सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने, शुद्ध पिउने पानीको सहजता लगायतका बिभिन्न बिषयहरुलाई निरन्तरता दिने भन्दै सामुहिक प्रतिबद्धता समेत गरिएको छ । डुङ्गेश्वर गाउँपालिका वडा स्तरीय खानेपानी तथा स्वच्छता परियोजना, एसएनभि नेपाल, एभरेष्ट क्लवको समन्वय तथा सहजिकरणमा सरसफाइका बिभिन्न सूचकहरु पूरा गर्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।
वडा अध्यक्ष यामबहादुर विष्टले लाकुरीलाई नमूना वडा बनाउने गरी काम संचालन हुने बताएका छन् । एसएनभिका टिम लिडर रतन बुढाथोकीले अभियानलाई दिगो रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । एभरेष्ट क्वल दैलेखका सचिवायल सदस्य कृष्णकुमार के.सी.ले समुदायको सक्रियताले सरसफाई अभियान प्रभावकारी भएको र यसलाई दिगो रुपमा सञ्चालन गर्नका लागि सवैले सहयोग र समन्वय गर्नुपर्ने बताए ।
वडाका निर्वतमान वडा सदस्य रुद्र विष्टले मानिसको व्यवहार परिवर्तन गर्ने बिषय निकै महत्वपूर्ण भएकोले यसलाई प्रभावकारी बनउँदै लैजानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार