इतिहास, कला र संस्कृति संरक्षण स्थानीय सरकारको दायित्व हो

दैलेख सदियौं देखि ज्वाला बल्ने क्षेत्र, यहाँको ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व निकै धेरै छ । यहाँका प्रचुर सम्भावनाहरुलाई केन्द्रीय सरकारले विगतदेखि अहिलेसम्म हेर्न सकेको छैन् ।
पाण्डवहरुले बसोवास गरेको प्रमाणहरु अहिलेपनि दैलेखमा कायमै छन् । सतिदेवीको शिर देखि पाऊ सम्मका अंग पतन भएका स्थानहरु दैलेखमै रहेको बिषय अहिले हैन उहिल्यै लेखिएको ज्वाला पुराणमा अहिलेपनि देख्न पाईन्छ ।
नभएका स्थानहरुलाई प्रचार प्रसार गरियो, आर्थिक, भौतिक लगानी गरियो तर सच्चा इतिहास बोकेको दैलेखलाई केन्द्र सरकारले जहिले पनि हेला ग¥यो । संघीयता पश्चात प्रदेश र स्थानीय सरकारहरुले यो बिषय ठोस कदम चाल्नेहोलान भनेर गरिएको आशा पनि अहिले निराशामा परिणत भएको छ ।
दैलेखको इतिहास, खोज, अध्ययन र अनुसन्धान प्रभावकारी हुन नसकेका कारण अहिलेपनि थुप्रै समस्याहरु परिरहेका छन् । यहाँ रहेको सयौं वर्ष पुराना कला संस्कृतिका इतिहासहरु हराउँदै गएको अवस्था छ । यस्तो अवस्थामा स्थानीय सरकारले पहिलो प्राथमिकता राखेर यहाँका लुकेका कला संस्कृतिहरुलाई संरक्षण र प्रर्वद्धन गर्ने नीति लागू गर्नुपर्ने हो तर त्यस्तो हुन सकेको छैन् ।
स्थानीय सरकारहरुले पाँच वर्ष बिताईसक्दा पनि नीति निर्माण गर्ने निकायहरु मौन बस्नु दुःखको कुरा हो । दैलेखको पहिचान जवसम्म विश्वमा परिचित गराउन सकिदैन्, जवसम्म प्रचार प्रसार हुन सक्दैन तवसम्म दैलेखको समग्र विकास हुन सक्दैन यो बिषय अहिले निर्वाचित जनप्रतिनिधिहरुले बुझ्नुका साथै सोही अनुसार नीति निर्माण गरेर काम अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार