नागरिकको घरदैलोमा स्वास्थ्य सेवा

  • गाउँका सरकारको पहिलो दायित्व नागरिकलाई सेवा दिनु हो । स्वास्थ्य संस्था बाहिर रहेका दीर्घरोगी, वृद्ध र अपाङ्गलाई घरदैलो स्वास्थ्य परीक्षण अभियानबाट सेवा पु¥याइने छ । नारायण नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै यो कार्यक्रम पहीलो पटक बिहीबारबाट सञ्चालनमा आएको हो ।
  • दैलेख : संघीयता पछि सञ्चालनमा आएका स्थानीय सरकार जनताका सेवा मूलक सरकार मानिन्छन् । नागरिकका दैनिक समस्या समाधान सम्बन्धित स्थानको विकास नागरिकले उपभोग गर्दै आएको शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराउनु गाउँका सरकारको प्रमुख दायित्व हो ।
    बेला–बेला हुने निर्वाचनमा विभिन्न सरकार सञ्चालनमा पुग्नका लागि राजनीतिक दलका नेताहरूले नागरिकका समस्यालाई प्राथमिकतामा राख्दै निर्वाचन ताका जनमुखी नारा घोषणा पत्रमा उतार्दै सत्ता सञ्चालनमा पुग्छन् ।
    नागरिकलाई आशा लाग्दा नारा सुनाएर सत्ताको बागडोर समाल्न पुगेका राजनीतिक दलका नेताहरूले नागरिकका चाहाना आवश्यकता अनुसार काम नगर्ने गरेका धेरै उदाहरण छन् । तर ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँका सरकार सञ्चालनमा पुगेका यहाँको नारायण नगरपालिकाका प्रतिनिधिले भने नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने कामको थालनी गरेका छन् ।
    ०७४ सालमा पहिलो पटक सम्पन्न स्थानीय निर्वाचनबाट सरकार सञ्चालनमा पुगेका प्रतिनिधिहरूले जनताका समस्या भन्दा पनि आफ्नो दुनो सोझाउन तर्फ उदृत भएका भन्दै गाउँका सरकार प्रति निराश बन्दै आएका नागरिकलाई भने ०७९ वैशाखमा दोस्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित यहाँको नारायण नगरपालिकाका प्रतिनिधिले जनमुखी कामलाई केन्द्रमा राखेर नागरिकको घरदैलोमा स्वास्थ्य परीक्षण अभियानलाई अघी बढाएका हुन् ।
    स्वास्थ्य संस्थासम्म सेवा लिन आउन नसक्ने अपाङ्ग, दीर्घरोगी र वृद्ध नागरिकको स्वास्थ्य उपचारका लागि घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध अभियान बिहीबारबाट सुरु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखाका लालबहादुर खड्काका अनुसार नगरपालिका भित्रका ११ वडामा नागरिकको घरदैलोमा स्वास्थ्य सेवा अभियान बिहीबारबाट सञ्चालनमा आएको हो ।
    ११ वडामा बिहीबारबाट सञ्चालनमा आएको नागरिकको घरदैलोमा स्वास्थ्य सेवा अभियानबाट दीर्घरोगी, वृद्ध र अपाङ्गलाई प्राथमिकतामा राखेर घरदैलोमा स्वास्थ्य अभियान सुरुवात भएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए ।
    ‘बिहीबारबाट अभियान सुरु भएको छ । भदौ २० गतेसम्म सञ्चालन हुन्छ शर्माले भने, ‘चुनावी घोषणा पत्र अनुसार न्यूनतम खानेपानी शुल्क मिनाहा गरिसकेका छौं ।’
    नारायण नगरपालिका वडा नं. १० मा पहिलो दिन ३ सय बढिले सेवा लिएका स्वास्थ्य शाखा प्रमुख खड्काले धमाका दैनिकलाई बताए । नागरिकहरुले घरदैलोमा स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका र यस्ता कामहरु निरन्तर हुनुपर्ने स्थानीयले बताएको खड्काको भनाई छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार