दैलेख : सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तोकेसँगै अहिले दैलेखका विभिन्न राजनीतिक दलहरुले आफ्नो पार्टीबाट उम्मेदवार बन्न चाहने उम्मेदवाहरुको नाम केन्द्रीय कमिटी तथा प्रदेशमा सिफास गर्ने कार्यलाई तिव्रता दिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन ७८ दिन बाँकी रहदा विषेश गरी दैलेखका सांगठनिक रुपमा बलीया मानिने नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले संघ र प्रदेशका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस कार्यलाई तिव्रता दिएका हुन् ।
दुई संघीय निर्वाचन क्षेत्र र चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवार बन्न चाहने नेताहरुको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । एमाले दैलेखका पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायका अनुसार दैलेख क्षेत्र नं. १ संघ तर्फ तीन जनाको जनाम सिफारिस गरिएको बताए ।
क्षेत्र नं. १ प्रतिनिधिसभा तर्फ रविन्द्रराज शर्मा, धर्मराज रेग्मी र महिला खुल्ला तर्फ रेखा थापाको नाम सिफारिस गरिएको कार्यालय सचिव उपाध्यायले जानकारी दिए । उनका अनुसार क्षेत्र नं. २ तर्फका आकांक्षी उम्मेदवारको नाम आजको बैठकले टुंग्याउने बताए । उनले क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कुनै पनि उम्मेदवारको नाम नटुंगिएको बताए ।
यस्तै, नेपाली कांग्रेसले दैलेखका दुई वटै प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्न चाहने उम्मेदवारको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा तर्फ ६ जना आकांक्षीको नाम सिफारिस गरिएको कांग्रेस दैलेखले जनाएको छ ।
कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीका अनुसार दैलेख क्षेत्र नं.१ प्रतिनिधि सभा तर्फ मणीराम रेग्मी, खगेन्द्र सुनार, मिना थापा, गणेश उपाध्याय, रविन्द्र श्रेष्ठ र वखत बहादुर खड्काको नाम सिफारिस गरिएको हो ।
यस्तै, क्षेत्र नं. १ प्रदेश सभा (क) तर्फ कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । कृष्ण कुमार विसी, नरसिंह मल्ल, पूर्णबहादुर खत्री, डा.खगेन्द्र बहादुर शाही, हेमशंकर अधिकारी, बम बहादुर विसी र नगेन्द्र केसीको नाम प्रदेश सभामा सिफारिस गरिएको हो ।
यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नं. १ (ख) तर्फ १० जनाको नाम सिफारिस गरेको जनाएको छ । बासना थापा, खेमराज केसी, झलक भण्डारी, भूपेन्द्र शाही, टेक बहादुर कटुवाल, देवेन्द्र बहादुर थापा (क्षेत्री), प्रकाश पौडेल, भदे बुढा मगर, मनोज कुमार थापा र याम बहादुर मल्ल नाम सिफारिस गरिएको जनाइएको छ ।
त्यस्तै, कांग्रेसले दैलेख क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ ५ जनाको नाम सिफारिस गरेको जनाएको छ । क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ शिवराज जोशी, रंगबहादुर शाही, दिक्पाल कुमार शाही, मधुरविक्रम शाही र एकेन्द्र बहादुर पन्तको नाम सिफारिस गरिएको हो ।
क्षेत्र नं. २ प्रदेश सभा (क) तर्फ, कांगे्रसले ५ जनाको नाम सिफारिस गरेको छ । घनश्याम भण्डारी, धिरेन्द्र प्रसाद सापकोटा, झक्क विष्ट, प्रकाशमान भण्डारी र मातृका प्रसाद रिजालको नाम सिफारिस गएिको पार्टी सभापति रेग्मीले बताए ।
त्यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नं. २ (ख) तर्फ ५ जनाको नाम सिफारिस गरेको जनाएको छ । ईश्वर बहादुर शाही, कृष्ण प्रशाद जैसी, गणेश बहादुर शाही, नारायण प्रशाद रेग्मी, र पृथ्वी बहादुर शाहीको नाम सिफारिस गरिएको जनाइएको छ ।











