नेपालमा अवैध सम्पत्ति छानबिन कहिले हुन्छ सरकार ?

नेपाल अहिले आर्थिक संकटको चपेटामा परेको छ । यो सवै कुरा वनावटी हो किनकी ? नेपालमा आर्थिक संकटको अवस्था आएको हैन् अवैध रुपमा सम्पती आर्जन गर्नेहरुका कारण नेपालमा आर्थिक संकट देखा परेको हो । यो बिषयमा स्वयं सरकार आफै जानकार छ । अकुत सम्पत्ति आर्जन गर्ने होड अहिल हैन संघीयता भन्दा धेरै अघि देखि चल्दै आएको छ । नेपालको राज्य सत्ता सञ्चालनमा संलग्न सवै निकायहरु, बिभिन्न ओहदामा रहेका निकायहरु सवैको सम्पत्ति छानबिन गर्ने कार्य सुरु गर्न सकेको खण्डमा नेपालमा दश वर्ष सम्म विकास गर्न सक्ने बजेट छ ।
यो कामको थालनी गर्नका लागि वर्तमान सरकार सक्षम छैन किनकी वर्तमान सरकार आफै यो बिषयमा संलग्न रहेको देखिन्छ । नेपालमा बिधिको शासन मात्र सञ्चालन गर्न सकेको भए अहिले स्वतन्त्र उम्मेदवार बालेन शाह र हर्क साम्पांगहरुको जन्म हुने थिएन् । नेपालको राज्य सत्ता सञ्चालनका लागि विगतदेखि जो जति राजनीतिक दलहरुको संलग्नता रह्यो सवै शासकहरु यो वा त्यो बाहनामा फस्ने गरेका छन् । इमान्दार मजदुरहरु कमिशन तिर्न नसकेर बिदेशिनुपर्ने अवस्था सृजना भएको छ यसको सबैभन्दा ठूलो दोषी राज्य संरचना संचालन गर्ने व्यक्तिहरु नै हुन् ।
हरेक जिल्लाका प्रमुख ओहदाका व्यक्तिहरु, राजनीतिक दलमा विगत १५ वर्षदेखि संलग्न व्यक्तिहरु, नागरिक समाजको खोल ओडेका व्यक्तिहरु, सरकारी ओहदामा काम गरेका व्यक्तिहरुको काम पहिलो चरणमा सम्पती छानवीन गर्ने अभियान जहिलेसम्म नेपालमा लागू हुँदैन तवसम्म नेपालको समग्र आर्थिक अवस्था सुधार हुन सक्ने देखिदैन् । य सरकार बरु करवाही नगर तर बढी आर्जनमा देखिएको सम्पती मात्र सार्वजनिकिकरण गर्ने अभियानको थालनी गर तवमात्र देशमा आर्थिक अवस्था सुधार हुन सक्ने देखिन्छ । अवैध रुपमा कमाएका सम्पत्तिहरुको बिवरण सार्वजनिक गर्दै बढी भएको सम्पती राष्ट्रियकरण गर्ने व्यवस्था जहिले सम्म नेपालमा आउँदैन नेपाल धनि हुन सक्दैन् । नेपालमा देखिएको असमानता घट्ने देखिदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार