नेपाल अरुले बिगारेको मुलक होइन, यहाँ रहेका राजनीतिक दलबाट देशको नेतृत्व सम्हालेका केही वर्ग र कर्मचारीहरुका कारण देशले बर्वादी खेप्नु परेको छ । यसो भनिरहँदा केहीलाई तितो पनि लाग्न सक्छ कर्मचारीका कारण कसरी देश बर्वाद भयो । लोक सेवा पास गरेर जागिर खाएका राष्ट्रसेवकहरु माथि यो आरोप हो भन्ने कुरा हुन सक्छ ।
एकपटक छातीमा हात राखेर देश र जनताका लागि तलव मात्रैको भर परेर निश्वार्थ काम गरेका छौं भन्ने कर्मचारीहरु करिव करिव २० प्रतिशत मात्र भेटिन्छन् होला । यो अनुमान लगाउँदा अनुमान लगाउनेलाई पनि केही भार पर्न सक्छ तर यो देश विकसित भएको हेर्न मन छ भनेर यो देश सञ्चालन गर्ने कर्मचारीहरु र राज्य सत्ता सञ्चालन गर्नेहरुले देशको मुहार फेर्नुपर्ने आवश्यकता देखियो भनेर मात्र संकल्पन गरेर पाँच वर्षका लागि देशका लागि काम गर्छौ जति तलव सुविधा छ त्यतीमा मात्र चित्त बुझाउँछौं र व्यक्तिगत मोलाहिजामा फस्दैनो भनेर कम्बर कसेर देश विकासको काममा सक्रिय हुने हो भने देश बन्छ ।
नेताहरुले नीति विगारेको सत्य हो । आफन्त भर्ती केन्द्र बनाउन खोजे सत्य हो । आफन्तहरुलाई नै जागिर दिनुपर्छ भने सत्य हो, मेरा मान्छे र मेरा पार्टीका मान्छे चाहिन्छ भने सत्य हो त्यही सत्यमा आफुले गरेका गल्ति कमिकमजोरी ढाकछोप गर्न लाग्ने कर्मचारी प्रशासन सत्य हो कि होईन्, यसको जवाफ दिनुपर्दछ कि पर्दैन, दलाली, माफियाहरु, नागरिक समाजका केही गन्य मान्यहरु समेत दलाली र माफियाको चंगुलमा फसेका हुन कि होइनन् यदी होइनन भने आफ्नो कमाई बरावरको सम्पत्ति सार्वजनिक गर्ने आँट नेपालका राजनीतिक दल, कर्मचारी, दलबाट पालिएका नाईकेहरु, नागरिक समाज, लब्ध प्रतिष्ठित व्यक्तिहरु, पत्रकार, नागरिक समाज, उद्योगी र व्यापरिहरुले भन्न सक्छन् कि सक्दैनन् । गरिव मार्ने मिटर व्याजीहरुले आत्मसर्पण गर्न सक्छन् कि सक्दैनन् । यो देश बनाउँ भनेर माथि उल्लेख गरिएका व्यक्तिहरुले आत्मसर्पण गर्न सक्छन् कि सक्दैनन्, बढी देखिएको सम्पत्ति राष्ट्रका नाममा भए हामी मान्न तयार छौं भनेर किन बन्दैन देश बन्छ तर एकपटकका लागि देशको समृद्धि भनेर आत्मसमर्पण गर्ने क्षमता माथि उल्लेखित व्यक्तिहरुमा पलाउँछ कि पलाउँदैन् ।
आफ्ना छोराछोरीहरु बिदेशका महंगा कलेजमा पढाउने र नेपाली जनताहरुबाट उठेको करमा रजाँई गर्नेहरु सबैले देश बनाऊँ भनेर पाँच वर्ष मात्रै संकल्प गर्न सके देश बन्छ अवश्य बन्छ । यो दिन पनि नेपालमा आउँछ । अवको क्रान्ति नयाँ तरिकाले सृजना गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








