त्रिउमाविको तीन दिवसिय खेलकुद सम्पन्न

दैलेख: त्रिभुवन मावि दैलेखले अतिरिक्त क्रियाकलाप अन्तर्गत तीन दिवसिय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट प्रतिस्प्रर्धी बनाउने अभियान अन्तर्गत प्रतियोगिता सुरु गरिएको हो । असोज ७ देखि सुरु गरिएको प्रतियोगिता आइतवार सम्पन्न भएको छ । प्रतियोगितामा भलिवल, व्याडमिन्टन, लोकगित, समूह नृत्य, बतृत्वकला, हाजिरि जवाफ, १५ सय मिटर छात्र, छात्रा दौड लगायतका खेलहरु सम्पन्न भएका छन् ।
बिजयी सवै खेलाडी र कलाकारहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको त्रिउमाविका प्राधानाध्यापक निरक तारामिले जानकारी दिएका छन् ।
प्रतिकुल मौसमका बावजुत पनि विद्यार्थीहरुले उत्साहपूर्वक खेलमा सहभागिता जनाएको र खेलको माध्यमबाट विद्यार्थीहरुलाई स्वथकर बनाउन, नैतिकवान बनाउन निकै सहयोग पुगेको त्रिभुवन मावि व्यवस्थापन समितिका अध्यक्ष पुजा श्रेष्ठले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार