बिचौलियाको दलदलमा देशको अर्थतन्त्र

देशको अर्थतन्त्र पछिल्ला दिनहरुमा ओरालो लाग्ने अवस्थामा छ । लाखौं करोडौं ऋण प्रदान गरेका बैंकहरुले एकाएक बैंकको कर्जा बढाएका छन् । गरिव र विपन्न किसानहरु महंगोमा खाद्य बस्तुहरु किन्नुपर्ने अवस्थामा पुगेका छन् । गरिवहरु दिनप्रतिदिन गरिव बन्दै गएको अवस्था छ भने धनिहरु दिनप्रतिदिन धनि बन्दै गएको अवस्था कायमै रहेको छ ।
धनि र गरिवको खाडल बढाउने काममा बिचौलियाहरुको ठूलो हात रहेको छ । बिचौलियाहरुले अहिले देशका सवै स्थानहरुमा उपस्थिती जनाएको अवस्था छ । बिचौलियाहरुका कारण बास्तविक काम गरेर उत्पादन गर्ने किसानहरु मर्कामा परिरहेको अवस्था छ । किसानहरुले मेहनत गरेर उत्पादन गरेका बस्तुहरुलाई सस्तो मूल्यमा किन्ने बिचौलियाहरुले तेस्रो पक्षलाई मंहगोमा बिक्रि गरेर काम नगरि लाखौं रकम बिचैमा कामाउने गरेका छन्े् ।
अर्कोतर्फ धनिहरु बिभिन्न बाहनामा कमिशनको चक्करमा देखिएका छन्, कमिशन लेनदेनबाटै रातारात धनिहरु धनि बन्दै जाने र गरिवहरु झनै गरिव बन्दै गएको नेपालको वर्तमान अवस्थामा सरकार समेत आफै बिचौलियको रुपमा काममा देखिनुले पनि गरिवहरुको समस्या झनै बिकराल बन्दै गएको छ ।
यो देशको अर्थतन्त्रमा जसरी बिचौलियाहरुको हावी हुँदै गएको छ त्यसैगरी देशको अर्थतन्त्रपनि दिनप्रतिदिन समस्यामा पर्दै गएको छ । बिचौलियाको दलदलमा फसेको अर्थतन्त्र उकास्नका लागि देशमा प्रभावकारी सरकारको अवस्यकता देखिएको छ । जवसम्म सरकारले प्रभावकारी रुपमा यस्ता कामहरु गर्न सक्दैन तवसम्म देशको अर्थतन्त्र फस्टाउन सक्ने देखिदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार