‘एमसिसि र नागरिकता विधेयक राष्ट्रघाति’

दैलेख : नेपाल मजदुर किसान पार्टीले पाँच दलिय गठबन्धन सरकारले पारित गरेको अमेरीकी सहायता परियोजना मिलीयन च्यालेञ्ज क्रपोरेसन (एमसिसि) र नागरिकता विधेयक राष्ट्रघाति रहेको दावि गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजनिक गर्दै मजदुरले यस्तो दावि गरेको हो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै मजदुरले अमेरिकाको दस्तावेज अनुसार एमसिसि अमेरीकी स्वार्थ अनुसार लगानी गर्ने संस्था रहेको जनाइएको छ । आफ्नो पार्टी कामदार जनतालाई पुँजीवादी शोषणबाट मुक्त गर्ने अभियानमा लागेको मजदुर किसान पार्टी दैलेखले जनाएको छ ।
घोषणा पत्र सार्वजनिक गर्दै मजदुर किसान पार्टीले जनताबाट निर्वाचित प्रतिनिधिहरुले देश र जनताको व्यापक हित अनुसारका नीति तथा कार्यक्रम कामदार जनताको पक्षमा पारित गराउन संघर्ष गर्ने उल्लेख गरेको छ ।
राष्ट्रिय पुँजिलाई प्राथमिकता दिनु आवश्यक रहेको नेमकिपाले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । देशको रकम केही व्यक्तिहरुका हातमा गइरहेको उल्लेख गर्दै उक्त रकम अमेरीकी साम्राज्यवादको आर्र्थिक सैने पल्टन कोषमा राखि केही नेपालीहरुले परचक्रीलाई सहयो गर्दै आएको मजदुरको घोषणा पत्रमा भनिएको छ ।
मजदुर किसान पार्टीले ठेक्काभन्दा विकासमा सरकारको अग्रसरता जरुरी रहेको घोषणा पत्रमा उल्लेख गरेको छ । ठेक्केदारहरुले विभिन्न बहानामा विकासे काममा भाजो हाल्ने गर्दै आएको देखिएकाले त्यस्ता खराब ठेक्केदारहरुलाई विकास निर्माणका काम जिम्मा नदिने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।
मजदुरले कृषिका क्षेत्रमा पहिलो प्राथमिकता दिने आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ । नेपाली जनता विदेशबाट आयातीत खाद्यान्न, तरकारी, फलफूल लगायतका खर्बाैँका खाद्यान्नमा रुपियाँ खर्च गर्नु परेकाले यसले देश गरिवीको दिशातर्फ अघि बढेको घोषणा पत्रमा उल्लेख गरेको छ ।
शिक्षातर्फ विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविध्यालय तहसम्मको शिक्षा निःशुल्क गराउन जिल्ला जिल्लामा अन्तरक्रियामार्फत नयाँ शैक्षिक आन्दोलन सुरु गर्ने मजदुरले आफ्नो घोषाण पत्रमा प्रमुखताका साथ उल्लेख गरेको छ ।
मजदुरले घोकन्ते विधा र सैद्धान्तिक अध्ययनमात्र नगराई शिक्षालाई उत्पादन श्रमसँग मिलाउने आफ्नो घोषणा पत्रमा जनाएको छ । स्वास्थ्यतर्फ जिल्लामा रहेका सरकारी अस्पताललाई उपकरणमैत्री बनाउनु पर्नेमा जोड दिएको छ ।
मजदुरले स्थानीय तहलाई मजबुद बनाउदै लैजानुपर्ने बताएको छ । देशका सीमा सुरक्षाकालागि मजदुरले बिगतदेखि नै आवाज उठाउदै आएको पत्रकार सम्मेलनमा नेताहरुले बताएका छन् । मजदुरले देश र जनताका लागि जहिले पनि आवाज उठाउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार