जसले जमानत जोगाउन सकेनन्

दैलेख : विगतका निर्वाचनदेखि उम्मेदवारको जमानत जफत बारे चर्चा हुने गर्दछ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ । तर निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने उल्लेख छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा दैलेखका २ प्रतिनिधि सभा तथा ४ प्रदेश सभा निर्वाच क्षेत्रका १७ जना उम्मेदवारको जमानत जफत भएको छ ।
दैलेख–१ मा प्रतिनिधि सभातर्फका ८ जना उम्मेदवार मध्ये ५ जनाको जमानत जफत भएको छ । मजदुर किसान पार्टीको तर्फका उम्मेदवार प्रकाश गुरुङ लगायत नेपाली काँग्रेस (विपिका) भूपालबहादुर थापा समेतको जमानत जफत भएको हो ।
यहाँ प्रतिनिधि सभा उम्मेदवार बनेका मजदुरका प्रकाश गुरुङले ७ सय मत कटाउन नसक्दा जमानत जफत भएको छ । गुरुङले ६ सय ९८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेस विपीका भूपालबहादुर थापाले ६६ मत ल्याएका छन् ।
दैलेख–१ प्रतिनिधि सभातर्फ जमानत जफत भएका ५ जना मध्ये स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले ३ सय ८७ मत प्राप्त गर्दै जमानत जोगाउनबाट चुकेका छन् । एमालेबाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बनेका गोपाल नेपालीले २ सय १० मत ल्याउदै जमानत जोगाउन नसकेका हुन् । अर्का स्वतन्त्र उम्मेदवार निरकबहादुर थापाको समेत जमानत जफत भएको छ । उनले १ सय ६ मत ल्याएका छन् । यस प्रतिनिधि सभामा खसेको सदर मत ४१ हजार ८ सय २१ मध्ये जमाजत जोगाउन एक उम्मेदवारले ४ हजार १ सय ८२.१ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनेका ५ जना मध्ये ३ जनाको जमानत जफत भएको छ । घण्टीका बखतबहादुर भण्ढडारी र (राप्रपा) का लोकेन्द्रराज गिरी र मजुदुरका केशेन्द्रप्रकाश कार्कीको जमानत जफत भएको हो । स्वतन्त्र पार्टीका भण्डारीले ७ सय १३ मत प्राप्त गरेका छन् । (राप्रपा)का गिरिले ४ सय ८८ र मजदुरका कार्कीले ३ हजार ८४ मत ल्याउँदै जमानत जोगाउन नसकेका हुन् । यस प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा खसेको सदर मत ४४ हजार ४ सय ४५ मध्ये जमानत जोगाउन एक उम्मेदवारले ४ हजार ४ सय ४४.५ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
प्रदेश सभाका ११ उम्मेदवारको जमानत जफत
४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ११ जना उम्मेदवारको जमानत जफत भएको छ । दैलेख–१ अन्तर्गतका २ वटा प्रदेश सभामा उम्मेदवार बनेका ६ जना र दैलेख–२ अन्तर्गतका २ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ५ जना गरी ११ जना उम्मेदवारको जमानत जफत भएको हो ।
दैलेख–१ प्रदेश सभा (क) मा जमानत जोगाउन नसक्नेहरुमा (राप्रपा) का हृदयजंग शाही, एमालेबाट विद्रोहगरी स्वतन्त्र उम्मेदवार बनेका चित्रबहादुर खत्री र मजदुरका जगतबहादुर ओली रहेका छन् । राप्रपाका शाहीले १ हजार ८१ मत प्राप्त गरेका छन् । मजदुरका ओलीले ५ सय १६ र स्वतन्त्र खत्रीले २ सय मतमात्र पाएका छन् । यस प्रदेशमा जमानत जोगाउन खसेको सदर मत १९ हजार ३७.७ मध्ये १ हजार ९ सय ३७.७ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
दैलेख–१ प्रदेश सभा (ख) मा उम्मेदवार बनेका ३ जनाको जमानत जफत भएको छ । (राप्रपा) का रणबहादुर सिंह, स्वतन्त्र उम्मेदवार टेकबहादुर खाण र मजदुरका लक्ष्मीकुमारी सिंहले जमानत जोगाउन नसकेका ह्न् । (राप्रपा)का रणबहादुर सिंहले १ हजार ६ सय ४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले ४ सय ६ र मजदुरका लक्ष्मीकुमारी सिंहले २ सय २ मत ल्यायकी छन् । यप प्रदेश सभा निर्वाचन क्षेत्रमा एक उम्मेदवारले जमानत जोगाउन खसेको सदरमत २२ हजार २ सय २८ मध्ये २ हजार २ सय २२.८ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
यस्तै, दैलेख–२ अन्तर्गतका २ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ५ जनाको जमानत जफत भएको छ । प्रदेश सभा (क) मा ४ जना र प्रदेश सभा (ख) मा १ जना गरी ५ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रदेशसभा (क) मा लौरोका प्रेमबहादुर भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, मजदुरका मदनकुमार भण्डारी र स्वतन्त्र उम्मेदवार पुरुषोतम रिजालको जमानत जफत भएको छ ।
लौरोका प्रेमबहादुर भण्डारीले ४ सय ७२ मत ल्यायका छन् । राप्रपाका यज्ञबहादुर थापाले ४ सय ६८, मजदुरका मदनकुमार भण्डारीले ३ सय ३७ र स्वतन्त्र उम्मेदवार पुरुषोतम रिजालले २ सय ७० मत प्राप्त गरेका छन् । यस प्रदेश सभा निर्वाचन क्षेत्रमा एक उम्मेदवारले जमानत जोगाउन खसेको सदरमत २१ हजार ८ सय ४२ मध्ये २ हजार १ सय ८४.२ मत प्राप्त गर्नुपर्ने हुन्छ ।
यस्तै, दैलेख–२ प्रदेश सभा (ख) मा उम्मेदवार बनेका १ जना उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीको जमानत जफत भएको हो । उनले ९ सय १८ मतमात्र प्राप्त गरेका छन् । यस प्रदेशमा जमानत जोगाउन एक उम्मेदवारले खसेको सदरमत २२ हजार ९ सय ७९ मध्ये २ हजार २ सय ९७.६ मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार