पहिलो कार्यकाल सकिएपछि ११ विधेयक निष्क्रिय

कर्णाली प्रदेश सभामा यस अघि पेश भएका ११ वटा विद्येयक निष्क्रिय भएका छन् ।
संसदीय समितिबाट विधेयक अघि बढ्न नसकेका कारण ११ वटा विधेयक निष्क्रिय भएका हुन् । कर्णाली प्रदेशसभामा प्रदेशसभा सदस्यहरूको स्वार्थ बाझिएका कारण प्रक्रियामा नगएपछि विधेयकहरु निष्क्रिय भएका हुन् ।
कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठानको विधेयकसहित अन्य १० विधेयकहरू सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएका हुन् ।
६४ विधेयकमध्ये ५३ विधेयक पारित भएको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बताए ।
सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, दलित अधिकार प्रवर्द्धन सशक्तीकरण र विकास विधेयक, उपभोक्ता संरक्षण विधेयक, कृषि व्यवसाय प्रवर्द्धन विधेयक, नवप्रवर्तन अन्वेषण तथा आविष्कार, प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन विधेयक, पूर्वाधार विकास प्राविधिकरण गठन विधेयक र पर्वतीय विज्ञान तथा प्राविधिक विश्वविद्यालय र शान्ति तथा पुनःस्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक निष्क्रिय भएका छन् ।
२०७७ कात्तिक २५ मा दर्ता भएको कर्णाली सूचना तथा आमसञ्चार प्रतिष्ठान विधेयक सांसदहरूको सुझाव र संशोधन प्रक्रिया सकिए पनि पास हुन सकेन । अघिल्लो कार्यकालमा दर्ता भएका विधेयकहरू आवश्यक परेको खण्डमा प्रयोग गर्न सकिने सचिब बढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार