काठमाडौं ः वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिन अनुरोध गरेको छ । अनुगमनका क्रममा अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएकाले अनिवार्य गर्न आग्रह गरेको हो । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो । उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार तालिम सञ्चालन नभएको पाइएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जानेले अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर संस्थाले अभिमुखीकरण तालिम दिइरहेका छन् । विभागले १५ दिनभित्र कार्यविधिले तोकेको मापदण्ड पूरा गरी विभागलाई जानकारी गराउन सबै तालिम प्रदायकहरूलाई आह्वान गरेको छ ।









