राजनीतिले बेला बेलामा नयाँ मोडहरु लिने गर्दछ । राजनीति सवैभन्दा ठूलो नीति भएकै कारण पनि राजनीतिलाई सबैले विश्वास गर्ने गर्दछन् ।
पछिल्ला राजनीति घटनाक्रमले गर्दा राजनीतिमा युगै बिताएका अनुभवी नेताहरूको अनुभव र बिश्लेषण काम लागेन । यस अघि नेकपा बनेको कम्यूनिष्टहरुको घर एकाएक जसरी फुट्यो त्यसैगरि चुनाव अघि गरिएको गठबन्धन पनि एकाएक फुटेको छ । राजनीतिका महत्वपूर्ण पात्रहरुले पुरानै शैली सोच्नु, जनताहरुले भनेको मान्दैनन भनेर चुनाव हार्ने डरले एक्लै लड्ने हिम्मत नगर्नु यस्ता धेरै बिषयहरुले नेपालको राजनीतिलाई फरक तरिकाले व्याख्या र बिश्लेषण गर्नुपर्ने अवस्थामा पुर्याएको छ ।
जे जस्तो परिस्थिती आएपनि वर्तमान सरकार वा जो सुकै सरकारबाट जनताले महत्वपूर्ण आशा गरेका हुन्छन् ।
राजनीतिको लक्ष्य त सत्ता प्राप्ति नै हो । सत्तामा पुगेपछि जनताप्रति उत्तरदायि भएर काम गर्नुपर्ने बिषय महत्वपूर्ण हुन्छ । विगतका सरकारहरुले मेरो आफन्त को हो । मेरो पार्टीको मान्छे हो कि हैन् ? यस्ता बिषयलाई मुख्य मानेर नेताहरुले काम गर्ने गरेको शैली परिवर्तन गर्नुपर्ने देखिएको छ । आम नेपालीहरुको भवना के छ, राष्ट्र र राष्ट्रियताको सवाल कसरी उठाउन सकिन्छ । युवाहरुलाई स्वेदशमै कसरी रोजगारी सृजना गर्न सकिन्छ । यस्ता बिषयहरुमा गम्भिर हुनुपर्ने अवस्था छ ।
तीनवटै सरकारहरुले एक आपसमा सहमती र सहकार्य गरेर युवामैत्री कार्यक्रम लागु गर्नुपर्ने देखिएको छ । ठूला विकासका कामहरुलाई छिटो छरितो रुपमा सक्नका लागि प्रभावकारी नीति ल्याउनुपर्ने देखिएको छ यस्ता धेरै कामहरुको लिष्ट तयार गरेर काम गरेको खण्डमा जनताको मनमा बस्न सकिने छ ।








