दैलेखका १ सय ८६ शहीदहरुको लिष्ट सार्वजनिक

दैलेख : नेपाल सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म शहीद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेको थियो । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय शहीदको मान्यता पाएका छन् । राष्ट्रिय शहीदका परिवारले यसअघि शहीद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

सरकारले सार्वजनिक गरेको लिष्टमा दैलेख जिल्लामा १ सय ८६ जनाको नाम सार्वजनिक गरिएको हो । नेपाल सरकारले सार्वजनिक गरेको लिष्टमा परेका १ सय ८६ जना शहीदहरुको लिष्टले तत्कालिन द्धन्द्धका बेलामा धेरै मानिसहरुको सरकार र बिद्रोही पक्षबाट मृत्यु भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार