एक जनालाई जन्मकैद

दैलख : जिल्ला अदालत दैलखले २३ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसूरमा गुराँस गाउँपालिका-३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमबार जन्मकैद (२५ वर्ष कैद), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २८ सय रुपैंयाँ तिनुपर्ने फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

शारीरिक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई ०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दियो । पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा असार ८ गते नै भएको थियो ।

घटनाको अनुसन्धान सकेर प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकील कार्यालय मार्फत साउन ३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भयो । मुद्दा पेश भएको भोलिपल्ट साउन ४ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका जिल्ला कारागार थुनामा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार