कर्णालीको स्थलगत अनुगमन जरुरी

कर्णालीको विकास गर्छु भन्नेहरुले काठमाडौं बसेर आफ्नो पुस्तासम्मका लागि आर्थिक विकास गरे तर कर्णालीको विकास गर्न सकेनन्, विकास गर्ने हो कि खाने हो भन्ने बिषयमा भिन्नता छुट्याउनुपर्ने नेपालको पछिल्लो अवस्था परिवर्तन गर्नुपर्ने जरुरी एकातिर हो भने अर्कोतर्फ विकास निर्माणमा देखिएको आफन्तबादको बिषयलाई समेत निर्मूल पार्नुपर्ने आवश्यकता देखिएको छ ।

नेपालका हरेक क्षेत्रमा यतीधेरै अराजकता मौलाएको छ कि ? कोही कसैले पनि राम्रोका लागि काम गर्दैछ भन्ने बिषयमा एकमत हुन सक्ने अवस्था छैन् । अराजकहरुको भीड बढ्दै जानु, अर्कोतर्फ अनियमितता र भ्रष्टाचार बढ्दै जानु यसभित्रका बिभिन्न बिषयहरुले पछिल्लो समयमा सवै राजनीतिक दलहरुलाई चेप्दै आएको अवस्था छ ।

दुर्गम कर्णाली जस्ता स्थानहरुमा विकासका कामहरुका लागि गरिएका प्रयासहरु प्रभावकारी नहुनुको मुख्य कारणको खोजी गर्दा, कर्णालीको विकास गर्ने खाका कोर्नेहरुले पहिला स्थलगत रुपमा कर्णालीको अध्ययन र अवलोकन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

जुनसुकै स्थानको विकास गर्नका लागि त्यस स्थानको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक सँगै त्यहाँका पर्यटकीय क्षेत्रहरको विकास गर्नुपर्ने हो तर अध्ययन नगरेर, विश्लेषण नगरेर हचुवाका भरमा गरिएको लगानीले कर्णाली जस्ता दुर्गम क्षेत्रका बासिन्दाहरु अहिले पनि विभिन्न खाले समस्यामा परिरहेका छन् ।

कर्णालीको समग्र विकास गर्नका लागि केन्द्रका पहुँचवाला नेताहरु, नीति निर्माण गर्नेहरु सवैले एकपटक कर्णालीमा एकहप्ताका लागि अभियान थाल्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार