महिला संघ क्रान्तिकारीको संयोजकमा शाही


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकमा पद्मा शाही चयन भएकी छन् । संघको प्रथम जिल्ला भेलाले शाहीको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको हो ।
संघको सह–संयोजकमा दुर्गा थापा, सचिवमा रमेश थापालाई चयन गरिएको जनाइएको छ । संघको जिल्ला भेलामा बोल्दै अखिल नेपाल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तथा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अमृता थापा मगरले माओवादी आन्दोलनले महिला उत्पीडनका कुरा जोडदार रुपमा उठान गर्दै आएको बताईन् ।
माओवादीले तत्काली जनयुद्ध ताका महिला अधिकारका विषयमा उठाएका कुरा अहिले संविधानमा उल्लेख गरिएको मगरले बताइन् । ‘महिलाको हक अधिकारका कुरा राज्यका सबै तहमा अनिवार्य सहभागिता गराउनुपर्ने संवैधानिक व्यवस्था छ, त्यो माओवादी आन्दोलनले सम्भव भएको हो, सामान्ति सत्ताले महिलालाई कुवाको भ्यागुतो बनाएको थियो’, केन्द्रीय सदस्य मगरले भनीन् ।
उनले उत्पीडनमा परेका सबै वर्गहरुलाई माओवादी आन्दोलनले जागरण पैदा गरेको बताउँदै अहिले पार्टी भित्र भएका कमी कम्जोरी सबैले सच्याउँदै एक भएर जानुको विकल्प नरहेको मगरको भनाई छ । ‘हिजोका उपलब्धि बचाउन सबै एक हुनुपर्छ, अहिले कांग्रेस सँगको सत्ता साझेदारी यही उपज हो’, उनले भनीन् ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारीका महिला उपाध्यक्ष दामा शर्माले पुरानो सत्ताले पृति सता युगदेखि नै महिलाले छोरा बराबर काम गर्न नसक्ने गलत धारणा अबलम्बन गर्दै आएकाले अहिले महिला समावेशिका हिसावले बामे सर्दै अघि बढेको बताईन् ।
उनले महिलाले आफ्नो अधिकार संघीय संरचना पछि निर्माण भएका स्थानीय सरकार कहाँ खोज्नुपर्ने बताउँदै संविधानमा उल्लेख गरिएका कुराहरुलाई सबै तहका सरकारले कार्यान्वयनतर्फ लैजानुपर्ने धारणा राखिन् । उनले माओवादी आन्दोलनले गर्दा महिलाले यतिसम्म अधिकारको उपभोग गर्न पाएका बताईन् ।
कार्यक्रमा माओवादी केन्द्रका, प्रदेश कमिटी सदस्य भेष बहादुर थापा, भौतिक उर्जा तथा राज्यमन्त्री उर्मिला विक, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्य ललिता रेग्मी, अखिल नेपाल महिलासंघका केन्द्रीय सदस्य तारा कुमारी शाही लगायतले आफ्नो बिचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार