
देशभर कोरोनाको संक्रमण बढ्दै जाँदा दैलेखमा सुरक्षा सर्तकता अपनाईएको छ । सोही अन्तरगत पहिलो, दोस्रो र तेस्रो मात्रा खोप लगाएका व्यक्तिहरुलाई चौथो मात्रा बुस्टर डोजका रुपमा खोप लगाईएको छ । दैलेखको नारायण नगरपालिकाको कार्यालयले मात्र बिहिवार ६ सय १६ जनालाई बुस्टर खोप लगाएको छ ।
नारायण नगर शाखाका प्रमुख लालबहादुर खड्काले दिएको जानकारी अनुसार जिल्लाका बिभिन्न स्थानका नागरिकहरुले नगरपालिकाको कार्यालयबाटै खोप सेवा पाएका थिए । जिल्लाका अन्य स्थानहरुमा खोप अभियान थालिएको छ ।









