
दैलेखको महाबु गाउँपालिका–२ का वडा अध्यक्ष प्रकाशराज थापाले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
महाबु गाउँपालिकाको प्रवक्ता समेत रहेका थापाले आफुहरुले ग्रेटर नेपाल बुझ्ने भन्दै प्रतिक्रियासहित नक्सा राखेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।
केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेसँगै देशभर नयाँ तरंग सुरु भएको छ ।
भारतले केही समय अघि ‘अखण्ड भारत’ को नक्समा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेटिएको नक्सा राखेको थियो । नेपालमो त्यसको बिरोध सँगै अहिल ‘ग्रेटर नेपाल’ को नक्सा राख्ने क्रम बढेको छ ।









