समाजवादी व्यवस्था अवको विकल्प केन्द्रीय सदस्य बिराट

 

नेपाल कम्युनिस्ट पार्टी बिप्लवका केन्द्रीय सदस्य बिराट सी ले पुँजपतिहरुले चलाएको व्यवस्थाले श्रमजीवीहरुलाई विस्थापित गरेर साहुमहाराजलाई पक्षपोषण गरेकोले यो व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्था रहेको बताएका छन् ।
वर्तमान राजनीतिक संकट, समाजवादी मोर्चा र कर्णालीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिलेको पुँजवादी व्यवस्था रहिरहेसम्म गरिवहरुको उन्मुक्ती नहुने, देशमा सुशासन कायम नहुने बताए । अहिले भ्रष्टाचार तीब्र रुपमा बढीरहेको छ । यस्तो अवस्थामा श्रमिक वर्गहरु मारमा परिरहेका छन् । संकट परेका बेलामा परिवारहरु एक भएर धर्म निभाएजस्तै नेपालका कम्युनिस्टहरु एक भएर देशको अहिलेको संकट समाधानतर्फ लाग्नुपर्ने सुझाव दिएका छन् ।
कर्णाली मुक्ती मोर्चा नेपाल जिल्ला समिति दैलेखको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाणले जीवन निरन्तर समाजवाद स्थापना गर्नुपर्छ भनेर चलिरहेको बताउँदै, समाजवादी व्यवस्था लागू गर्दा समाजवादी ऐन र कानून निर्माण गरेर सर्वहारा वर्गको उत्थानका लागि काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा नेकपा बिप्लवका केन्द्रीय कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज बिवेक सि ले देशमा राजनीतिक संकट बढीरहेका कारण समाजवादी मोर्चाको अवधारणा आएको बताउँदै, परिवर्तनशिल शक्ति एकठाउँमा उभिएर नै राजनीतिक संकट समाधान हुने बताएका छन् । अर्का केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्यूरो इन्चार्ज बिवेक सि ले समाजवादी व्यवस्थामा अहिलेको मोर्चाको बिशेष योगदान रहने भन्दै, एक सय त्रीहरत्तर वर्ष पहिलेदेखि संसदीय व्यवस्था फेल भयो भन्दै आएको भएपनि अहिले आएर मात्र समाजवादी मोर्चाको आवश्यकता खड्कीएको र सोही अनुसार नेताहरु सचेत भएको बताए । कार्यक्रममा अन्य बिभिन्न दलका नेता तथा कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार