संस्थागत अनियमितता रोकौं

नेपालमा पछिल्ला दिनहरुमा हुने अधिकाँस गतिविधिहरु मध्ये सबैभन्दा खतरनाक काम संस्थागत अनियमितता हो । संस्थागत रुपमा हुने राज्यको दोहन पनि अर्को महत्वपूर्ण बिषय हो । पछिल्ला दिनहरुमा उठेका केही बिषयहरुले राज्यका ओहदामा रहेकाहरुले सामुहिक रुपमा संस्थागत भ्रष्टाचारका विभिन्न बिषयहरु गरेको तत्थ्य खुल्दै आएको छ ।

वर्तमान सरकारले यसमा केही हदसम्म सफलता प्राप्त गरेको मान्नुपर्ने अवस्था छ । प्रक्रिया सुरु भएको छ कारवाहीका केही बिषयहरु बाहिर आएका छन् । आम नागरिकहरुले केही राम्रा कामहरु सुरु भएको भनेर महसुस गरेका छन् घटनाक्रमले विशेष व्यक्तिहरुमाथि छानवीन हुन नसकेको र राजनीतिमा ओहदामा रहेका व्यक्तिहरुलाई बचाउने र अन्य तल्लो तहका कर्मचारीहरुलाई धमाधम पक्राउ गर्ने कार्य भएको बिषय पनि उत्तिकै बाहिर आएको छ ।

पछिल्ला दिनहरुमा अर्थात संघीयताको अभ्यास गाउँ गाउँमा आएसँगै संस्थागत रुपमा हुने भ्रष्टाचारहरु पनि वडा तहसम्म आइपुगेको अवस्था छ । वडा स्तरसम्म अनियमितताका बिषयहरु बारम्बार बाहिर आइरहँदा पछिल्ला घटनाक्रमहरुले नेपालका राजनीतिक दलहरुमाथि चुनौती खडा गरेको अवस्था छ । समय अँझै पनि बाँकी नै राजनीतिक दलहरुले सुशासनको अभियानमा एकमत भएर जो सुकै जुनसुकै पदमा भएका व्यक्तिहरु पनि छानवीनको दायरामा आउने वित्तिकै कारवाहीको प्रक्रिया थालनी गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार