हामी सामाजिक सेवा कार्यको उत्कृष्ट क्षेत्र बाल बृद्ध संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा विगत ११ वर्ष देखि लागिरहेका छौँ । बालकको क्षेत्रमा नव प्रवेशी उमेर भएकाले आमा, बुबा र सरकारको स्वास्थ्य क्षेत्रबाट विशेष संरक्षण पुगीरहेकोले पहिलो प्राथमिकतामा दुखको पीडा भोगिरहेको बौद्धिक देश विकासको क्षेत्रमा प्रशस्त पसिना बगाएको तर अहिले अनिश्चितताको भूमरीभित्र असुरक्षित दिन बिताइ रहेको बृद्धहरुको सेवा कार्यलाई प्राथमिकतामा राखेर गतिविधी बढाईरहेका छौँ । यो कार्य हाम्रो सरकार, नेता वर्ग र परिवारका जिम्मेवार सदस्यहरु कै पनि प्राथमिकतामा परेको छैन । साथै दैलेखको संचार क्षेत्रमा पनि यसले प्राथमिकता पाएको देखिदैन । अब यस ज्येष्ठ नागरिकका बिषयले त्यस पत्रिकामा स्थान पाओस भन्ने आग्रह गर्दछौँ ।
पहिचानको बिषय
ज्येष्ठ नागरिकहरुको हुन ? उनीहरुबाट हाम्रो समाज निर्माण के योगदान छ । के यो उनीहरुको परिचय बन्न सक्छ । यो अंकमा यति मात्र ।
१. ज्येष्ठ नागरिकहरु हाम्रा बृद्ध आमा, बुबा, बाज,े बज्यैहरु हुन । आम्रो जन्म लालनपालन, शिक्षा, सम्पत्ति, घरबास र यो व्यक्तित्वको उच्चता उहाँहरुकै देन हो । समाज विकासको क्षेत्रमा आजको विकृती विकसित समाज उहाँहरुबाट कष्टकर विगतमा सिडि लगाएरै भाषा संस्कृति, सभ्याताको जग हाल्दै आजको अवस्था सम्म आएको हो । दुख उहाँहरुबाट गरियो लाभ, पद प्रतिष्ठा अहिलेको पिडिले लिईरहेको छ ।
२. अहिलेको अवस्थाको समीक्षाः
आजकल नेपाली युवा सन्ततीहरु ऋण धनको लालच राख्ने भएका कारण रोजगारमा विदेशमुखी, शहरमुखी एकलपरिवार खाले भैइरहेका छन् । उनीहरुलाई बृद्धहरुले जन्माएका, हुर्काएका, बढाएका भएतापनि उनीहरुले त्यो पटक्कै त्यागेर हिडेका छन् । सेवा र भविष्यका कर्णधार मानेका छोराछोरी बुहारी पराई भैरहेका छन् उनीहरु आफ्नो सुविधा र पैसाको खोजीमा दौडिरहेका छन् । पर्दशनहरुलाई यो हेक्का नै छैन । अब ति अशक्त असाहय, गरिब ज्येष्ठ नागरिकहरुको पीडा कसले बुझिदिने ? उनीहरुको लगानीको प्रतिफल कहाँ खर्च हुने ?
सेवाको प्रसंग
सेवा हि परमो धर्म सेवालाई धर्म मान्दा हाम्रा जिउँदा देवतालाई सेवा गर्न सिकाऔँ, सेवा कार्यमा जुटौँ सेवाकारी संस्था निर्माण गरौँ ।
सेवाकारी संस्थाहरु कहाँ र कस्तो हुनु पर्ला ? ज्येष्ठ नागरिकका पक्षमा समयको मागसँगै दिवा सेवा केन्द्र निर्माण गरी त्यहाँ जम्मा भै सुखदुख साट्ने व्यवस्था मिलाउने ।
२. ज्येष्ठ नागरिकहरुले कमाएको धनलाई सबै अंशबण्डामा नबाँडी उनीहरुलाई सेवा गर्ने व्यक्ती वा संस्थालाई दिन सकिने गरी ज्येष्ठ कै स्वामित्वमा राख्ने कानूनी व्यवस्था गर्ने ।
३. त्यस्तो सम्पत्ति नभएको अवस्थामा वा आवश्यकता देखिएको अवस्थामा आफ्नो हकदार, अंशदार, सन्तानहरु आंशिक १० प्रतिशत अंशकर्ताकी ज्येष्ठ नागरिकलाई उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था सरकारले गरिदिनु पर्ने ।
४. प्रत्येक पालिकामा एक सुविधा सम्पन्न ज्येष्ठ नागरिक आवास गृह निर्माण गर्ने र सरकारबाटै संचालन गर्ने ।
५. ज्येष्ठ नागरिकका हक अधिकार, अपहेलना र अभाव जस्ता समस्यामा ज्येष्ठ नागरिक संस्था, ज्येष्ठ नागरिक कोष स्थापना गरी उपयुक्त सेवा र सहयोग प्रदान गर्ने ।
दैलेख जिल्लामा
ज्येष्ठ नागरिकको आवाज
दैलेख जिल्ला हामी सबैको जन्म थलो हो । इतिहासकालमा दैलेखको भूबनौट, प्राकृतिक वातावरण, मानव बस्ती अनुकूल देखि धार्मिक स्थल मानव बस्ती र राज्यका राजधानीहरु बनेका थिए । हाम्रा अग्रज ज्येष्ठ नागरिकहरुले यही पुरातात्वीक स्मारक पाटी, पौवा,चौतारो देवालय शिक्षालय वन फलफुल इनार खेतबारी बनाए समाज बढाए शिक्षाको विस्तार गरे । पहाडी पढाइ लेखाई बढी भएको सभ्य जिल्लामा पर्दथ्यो दैलेख । अहिले तराई र शहर बस्तीको प्रभावले बौद्धिक शिक्षितहरु पलायन भएको अवस्था छ । युवामा तर हामी ज्येष्ठ नागरिकहरु देशभक्तहरु आफ्नै हावापानी र माटो रमाउनेहरु यसै ठाउँको सेवामा छौँ । अब हामीले दैलेख सभ्याताका बारेमा बोल्नु पर्दछ । मानव सभ्याताका पूर्वाधार तयार गर्नु पर्दछ । हामीले चाहे दैलेख उर्वरभूमि हो सभ्य बनाउन सकिन्छ । यहि हो ज्येष्ठ नागरिकको आवाज ।
(लेखक ज्येष्ठ नागरिक जिल्ला संघ, दैलेख दुल्लू नगर कमिटीका अध्यक्ष हुन् ।)









