आजदेखि एक महिने वर्षेमेला सकियो

दैलेखः सयौं वर्ष अघि देखि दैलेखमा मनाउदै आएको एक महिने वर्षेमेला सकिएको छ । साउन महिनाको घटस्थापनाका दिनदेखि सुरु हुने वर्षे मेला अन्तर्गत मुख्य रूपमा लाखे जात्रा, टाकटुके जात्रा, रोपाई जात्रा, बाघ जात्रा, जोगी जात्रा हुँदै अन्तिम दिन अर्थात् बुधबार राति १२ बजे राती कृष्णको जन्म गराई आज कृष्णले कंसको रूपमा लाखेलाई बध गराई वर्षेमेला सम्पन्न भएको हो ।

मुख्यगरी नेवार समुदायले परापूर्वकालदेखि मनाउदै आएको वर्षेमेला पछिल्ला वर्षहरुमा सबै जातिले मनाउदै आएका छन् ।
केही वर्ष अघि सम्म दैलेख सदरमुकाममा मात्र मनाईने वर्षेमेला पछिल्ला वर्षहरुमा यहाँका ११ वटै स्थानीय तहका विभिन्न बजारहरुमा मनाउने प्रचलन बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार