मानाकोटी रावल सेवा समाज गठन

दैलेख : दैलेखमा पहिलो पटक मानाकोटी रावल सेवा समाज गठन गरिएको छ । समाजको भेलाले अध्यक्षमा विवेक रावललाई चयन गरेको   छ । कोषाध्यक्षमा सुरत बहादुर रावल र सचिवमा जीवन कुमार रावललाई चयन गरिएको हो । भेलाले समाजको सदस्यमा प्रताप रावल क्षेत्री, पशुपति रावल, प्रेम बहादुर रावल र रत्न कुमारी रावललाई चयन गरेको जनाइएको छ ।

मानाकोटी रावल थरको सामाजिक परम्परा परापूर्व कालदेखि चली आएको प्रचलनलाई लिपिवद्धगरी देश विदेशमा छरिएका मानाकोटी रावल थरको वंशलाई एकताको सूत्रमा आबद्ध गर्ने मानाकोटी रावल सम्बन्धी पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गर्ने उद्देश्यले समाज गठन गरिएको अध्यक्ष विवेक रावलले बताए ।

यस्तै मानाकोटी रावल सेवा समाजसँग सम्बन्धित पत्रपत्रिका प्रकाशन गर्ने मानाकोटी रावल सेवा समाज विधामा रहेका मत मतान्तरलाई मनन गरी वास्तविक तथ्यको नीकृवल गर्न प्रयास गर्ने, सेवा समाजको प्रचार प्रसारआर्थ औपचारिक सभा सम्मेलन गर्ने गराउने र मानाकोटी रावल सेवा समाजी सभा सम्मेलनमा भाग लिने उद्देश्य राखिएको रावलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार