नेपाल यसै पनि अल्पविकसित मुलुक हो । नेपालको विकासका एजेन्डाहरू धेरै भए पनि यस्ता एजेन्डाहरूको बारेमा ठोस र उपलब्धिमूलक दबाब नेपाल सरकारबाट हुन नसकेका विषयहरू यदा कता उठ्ने गरेको पाइन्छ । नेपालका प्रधानमन्त्रीको पछिल्लो भ्रमणको चर्चा पनि अहिले विकास र प्रविधिमा नेपाललाई कसरी अगाडी बढाउने भन्ने विषयमा हुनुपर्ने कुरा उठिरहेको छ ।
अमेरिका जस्तो विकसित मुलुक र अन्य विकसित मुलुकहरूले विकासमा गरेका विभिन्न आयामहरू सँगै त्यसबाट उत्पन्न भएका समस्याहरू र ती समस्यामा परेका अल्पविकसित मुलुकहरूले पाउनुपर्ने विकास रकम प्रभावकारी रूपमा पाउन नसकेको विषय जसरी नेपाल प्रधानमन्त्रीले सम्मेलनमा कुरा उठाएका छन् सोही अनुसार विकसित राष्ट्रहरूले पनि अल्पविकसित मुलुकहरूलाई सम्मान गर्नुपर्ने आवश्यकता देखिएको छ ।
अमेरिका भ्रमण लगत्तै चीन भ्रमणको तयारी गरेका प्रचण्डले नेपालको दीर्घकालीन विकासका आयोजनाहरूमा कस्तो सहमति गर्ने हुन भन्ने विषयलाई निकै चासोको रूपमा हेरिएको छ । अझै छिमेकी मुलुक चीनको भ्रमणलाई नेपालले अझै धेरै उपलब्धिमूलक बनाउनुपर्ने सुझावहरू वर्तमान सरकारलाई जनताले दिइरहेका छन् । सरकारले जनताको भावना अनुसारका विषयहरूलाई सम्झौता सँगै बजेट विनियोजन र कार्यान्वयनको लागि अग्रसरता देखाउन सकेको खण्डमा नेपालको विकासमा टेवा पुग्न सक्ने देखिन्छ ।








