‘दशैंअघि सडक मर्मत गर्न बजेट छैन’

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दशैंअघि सडक मर्मत गर्न बजेट नभएको बताएका   छन् । बुधबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दशैंअघि नै सडक र यातायातको उचित व्यवस्थापन गर्न कठिन रहेको बताएका हुन् ।

‘चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि मन्त्रालय गम्भीर छ, तर बजेटको अभाव छ । बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ’, उनले भने, ‘प्रक्रियागत झमेलाहरु पनि छन् ।’

मन्त्री ज्वालाले मन्त्रालय अन्तर्गतका काठमाडौं उपत्यकाको सडकको खाल्डाखुल्डी भने दशैंअघि नै पुरिसक्ने प्रतिवद्धता जनाए । त्यसबाहेक नारायणगढदेखि मुग्लिनसम्मको सडकलाई ध्यान दिनुपर्ने देखिएको मन्त्री ज्वालाको भनाइ छ । ‘पानी परिरहने र पहिरो गइरहने यो सडकमा यो वर्ष चाहिँ यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन’, उनले भने, ‘यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आइहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार