नेपालको संविधानमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको विषयलाई नेपालमा उच्चतम प्रयोग गरिएको भन्ने विश्लेषणहरू पनि हुने गरेका छन् ।
केही समय निरङ्कुशतन्त्र अनुभव गरेका नेपालीहरूले स्वतन्त्रताको उपभोग अलि धेरै गरेको विषय सँगै स्वतन्त्रताका नाममा देखिएको स्वछन्दताको विषय पनि उतिकै पेचिलो बन्दै गएको छ । पछिल्ला दिनहरूमा मिथ्या सूचनाहरूको बिगबिगी बढ्दै गएको अवस्था नेपालमा कायमै रहेको छ ।
सामाजिक सञ्जालमा चार लाइन लेख्नेहरूको बोलवाला बढी रहेको छ । पोस्ट गरिएका त्यस्ता सूचना सत्य हो कि होइन भनेर पुष्टि नहुँदै गर्दा लाखौँ व्यक्तिहरू सम्म एकै पटक भ्रम सिर्जना गर्ने काममा सामाजिक सञ्जालहरूको अत्यधिक मात्रामा दुरुपयोग भएको अवस्था छ । सरकारले स्पष्ट कानुन निर्माण गरेर मिथ्या सूचना र अनावश्यक भ्रम फैलाउनेहरूलाई तत्कालै कारवाहीको प्रक्रिया थाल्नुपर्ने अहिलेको आवश्यकता हो ।
पछिल्ला दिनहरूमा टिकटक निकै प्रभावकारी बन्दै गएको विषयलाई लिएर अमेरिका लगायतका कतिपय देशहरूले बन्द गरेको अवस्था छ । नेपालमा पनि यस्ता धेरै विकृति देखिएका एकाउन्टहरू बन्द गर्दै टिकटक लगायतका अन्य सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउनुपर्ने र सामाजिक सञ्जालहरूले नेपाल सरकारलाई तिर्नुपर्ने करको दायराका बारेमा पनि नेपाल सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता देखिएको छ । नेपाल सरकारले शक्ति राष्ट्रहरूको आपसी मतभेदलाई सामाजिक सञ्जालसँग इगो साँध्ने काम गरिरहेका बेलामा नेपालले निकै चलाखीपूर्वक काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।








