त्रिभुवनले जित्यो उपाधि

दैलेखः दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति ‘रनिङ्ग शिल्ड’ खेलकुद प्रतियोगिताको उपाधि त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारले हात पारेको छ । मङ्गलवार सम्पन्न खेलकुद प्रतियोगितामा पहिलो हुँदै त्रिभुवन माध्यमिक विद्यालय खेलकुद प्रतियोगिताको उपाधि हात पारेको हो ।

खेलकुद प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालयले १७ स्वर्ण, ३ कास्य सहित पहिलो हुँदै शिल्ड हात पारेको आयोजक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापाले बताए । उनका अनुसार दोस्रोमा जनता माध्यमिक विद्यालय रहेको छ । जनताले ३ स्वर्ण, ६ कास्य र ३ रजत जित्दै दोस्रो उपाधि हात पारेको हो ।

दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति ‘रनिङ्ग शिल्ड’ खेलकुद प्रतियोगिता प्रतियोगिताको तेस्रो उपाधि वसन्त माध्यमिक विद्यालयले हात पारेको छ । प्रतियोगिता २ स्वर्ण, ६ कास्य र ३ रजत जित्दै वसन्त माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको जनाएको छ ।

चौथो स्थानको उपाधि नारायण नगरपालिका ११ मा रहेको रैनादेवि माध्यमिक विद्यालय टाटामाखुले हात पारेको जनाइएको छ । रैनादेवीले २ स्वर्ण, ५ कास्य र ४ रजत जित्दै चौथो स्थान हासिल गरेको आयोजक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापाले बताए ।

यसै गरी पुरुष भलिबलतर्फ रैनादेवि माध्यमिक विद्यालय प्रथम भएको छ । रैनादेवीले त्रिभुवन माध्यमिक विद्यालयलाई हराउँदै प्रथम स्थान हासिल गरेको हो । तेस्रो स्थानको उपाधि भने सरस्वती माध्यमिक विद्यालयले हात पारेको छ । महिला भलिबलतर्फ त्रिभुवन माध्यमिक विद्यालयले प्रथम स्थान हात पारेको छ । रैनादेवीलाई हराउँदै महिलातर्फ त्रिभुवनले प्रथम स्थान हासिल गरेको हो भने तेस्रो स्थानमा रेडक्रस माध्यमिक विद्यालय रहेको जनाइएको छ ।

यसै गरी एथलेटिक्सतर्फ छात्रा त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारले उपाधि हात पारेको छ भने जनता माध्यमिक विद्यालय दोस्रो र तेस्रो वसन्त माध्यमिक विद्यालय, रैनादेवि माध्यमिक विद्यालय टाटामाखु चौथो भएको रेडक्रस माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापाले जनाए । एथलेटिक्सतर्फ एक सय मिटर, २ सय ४ सय ८ सय १५ सय ३ हजार मिटर दौड, हाइजम्प, लङजम्प, सट फुट, त्रिपलजम्व, भलिबल लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

यस्तै खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नारायण नगरपालिका दैलेखका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख तप्ताकुमारी थापाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले स्थानीय तहले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने उनको भनाई थियो ।

समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य कुमारी श्रेष्ठलेले सरकारले खेलाडी लागि सहयोग गर्नुपर्ने बताइन् । उनले आफूले सक्ने सहयोग गर्ने बताउँदै खेललाई सबैले प्रोत्साहन गर्नुपर्ने बताइन् । खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने उनले बताइन् । पछिल्लो समय खेलकुदका क्षेत्रमा यहाँका स्थानीय सरकारहरूले राम्रो काम गर्दै आएका श्रेष्ठ बताइन् ।

आयोजक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापाले आर्थिक अभाव कारण सबै विद्यालय उपस्थिति नभएको गुनासो गरे । उनले स्थानीय तहले खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिए । देशमा हुने विभिन्न तहका खेलहरूमा वास्तविक खेलाडीले अवसर पाउनुपर्ने उनले धारणा राखें ।

रेडक्रस माध्यमिक विद्यालयको आयोजनामा आइतबारदेखि सञ्चालन भई मङ्गलवार सम्पन्न भएको दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति ‘रनिङ्ग शिल्ड’ खेलकुद प्रतियोगिताको समन्वय नारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार