सरकार युवालाई मृत्यु हैन रोजगारी दे

देशमा युवा शक्ति बस्नै चाहँदैन, बस्न खोजेका युवाहरूले पनि प्रभावकारी रूपमा सरकारले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था छैन । नेपालमा चाहिएको बेलामा सहजै रोजगारी उपलब्ध हुन सकेको भए युवाहरू नेपाल छोडेर विदेश जाने थिएनन्, सरकारमा लामो समयदेखि बसेका एमाले, काँग्रेस, माओवादी लगायतका अन्य ठुला दलहरूले नेपालमै रोजगारी स्थापना गर्ने, ठुला उद्योगहरू सञ्चालन गर्ने, कृषि र पशुपालन लगायतका सम्भावित विषयहरूमा प्रभावकारी काम गर्ने भनेर स्पष्ट भिजन ल्याउन नसकेका कारण लाखौँ युवाहरू बिदेसिनुपर्ने बाध्यता अहिले पनि कायमै रहेको छ ।

शुक्रवार काठमाडौँको बालकुमारीमा कोरिया जाने विषयलाई लिएर युवाहरूले गरेको प्रदर्शनमा मन्त्री चढेको सवारी साधनमा आगजनी गरे, आगजनी गरे लगत्तै प्रहरीले दमन गर्र्यो, घटनाको विषय फरक थियो होला तर घटना घटिसकेपछि प्रहरीको काम अनुसन्धान गर्ने हो, अनुसन्धानको दायरामा आउनेहरूलाई खोजी गर्ने, कानुनी कारबाही गर्ने हो तर एउटा सडकमा हिँडिरहेको युवामाथि लाठी प्रहार, कुटपिट गरेर जसरी निर्मम रूपमा हत्या गरिएको छ । त्यो विषयमा सरकार निरीह रहेको अवस्था देखिन्छ । ती युवाको हत्यामा प्रहरीको अन्धाधुन्ध लाठी प्रहार नै पहिलो विषय बनेको छ ।

घटना पछि स्थिति नियन्त्रणमा लिनका लागि गरिने विभिन्न हरकतहरूमा गोली चलाउने विषय कति सान्दर्भिक थियो वा थिएन, परिस्थितिलाई थप मजबुत बनाउनुपर्ने अवस्था थियो वा गोली नै चलाउनुपर्ने अवस्था के थियो त्यसको छानबिन प्रतिवेदनले तत्थ्य बाहिर आउला वा कुनै न कुनै सञ्चारमाध्यमले यो विषय बाहिर ल्याउला हेर्न बाँकी छ । तर सरकारले रोजगारी माग्ने युवाहरूलाई मृत्यु होइन स्थानीय स्तरमै रोजगारी दिनेगरि नीति निर्माण गरेर गाउँमै राख्ने आँट गर्नुपर्दछ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार