लोकसेवा तयारी कक्षा पढाउँदै भैरवी

दैलेखः दैलेखको भैरवी गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ उत्तीर्ण गरेका गाउँपालिका भित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाइने भएको हो ।

निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृत लगायतका लक्षित वर्गलाई माथि उठाउन लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जानकारी दिए ।

गाउँपालिकाले १० दिने सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्न लागिएकाले स्वीकृत बजेटको परिधि भित्र रही गाउँपालिका भित्रका युवाहरूको लोकसेवामा सक्रिय सहभागिता गराउन निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको जनाइएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनामा महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत, यौनिक अल्पसङ्ख्यक, आर्थिकरूपले विपन्न, खस आर्य, सहिद, बेपत्ता, द्धन्द्धपिडित परिवारका परीक्षार्थी तथा चालु आर्थिक वर्षमा आयोगको दरखास्त फारम भरी परीक्षाको तयारीमा रहेका गाउँपालिका भित्रका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार