सबैको सहयोगले शान्ति सुरक्षा प्रभावकारी भयो : लम्साल

दैलेख : दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले आफूले १४ महिना दैलेखमा प्रहरी प्रमुख भएर जिम्मेवारी बहन गर्दा सबै पक्षको प्रभावकारी भूमिकाले जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको बताएका छन् । काठमाडौँ सुरुवा भएर जाने तयारीमा रहेका प्रहरी प्रमुख लम्सालले आफू दैलेख आउनुभन्दा अघि जसरी कुरा सुनाइएको थियो १४ महिना बस्दा त्यस्तो नभएको बताएका छन् ।

आफ्नो कार्यकालमा भएका विभिन्न अपराधका घटनामा संलग्न सबैलाई समयमै कानुनी दायरामा ल्याउन सफलता भएको, जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सबैले प्रभावकारी सुझाव र सल्लाह दिएको प्रतिक्रिया दिएका छन् ।

दैलेख एतिहाँसिक र धार्मिक आस्थाको हिसाबले पनि निकै महत्त्वपूर्ण जिल्ला भएको र आफ्ना पुर्खाहरू पनि दैलेखको दहबाटै गएकोले पनि आफ्नै जिल्ला सम्झेर काम गरेको उनको प्रतिक्रिया छ ।

लम्सालकै पहलमा दैलेखकै भू भागमा बस्ने लोपोन्मुख राउटे समुदायका लागि नेपाल प्रहरी श्रीमती सङ्घको टोली राउटे बस्तीमै पुगेर खाद्यान्न, औषधि उपचार लगायतका कामहरू भएको लम्सालले जानकारी दिएका छन् । प्रहरी प्रमुख लम्साललाई प्रभावकारी सूचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धमाका दैनिकले मायाँको चिनो प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार