ठुला ट्रक सहित ४५ ट्रक जलजले पुगे

दैलेख : दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट बन्दोबस्तिका सामान सहित हिटेका ठुला ट्रकहरू ६ दिनपछि जलजले पुगेका छन् ।

४१ फिट सम्म लामा ५ वटा ठुला ट्रकहरू जलजले पुगेका हुन् यो सँगै ४५ ठुला सना ट्रकहरू जलजले पुगेका छन् । विगत ६ दिनदेखि मोड मिलाउँदै ट्रक पास गर्ने क्रममा सडकको भूगोल नमिलेका कारण कर्णाली राजमार्गको पादुका खोल नजिक एउटा ट्रक दुर्घटनामा परेको छ ।

सडकको भित्ता तर्फको भागमा ट्रक पल्टिएका कारण क्षेत्री भएको थिएन, आयोजना स्थलमा रहेको क्रेन, डोजर प्रयोग गरेर ठुला ट्रकहरू समेत जलजले पुगेको ल्याउने पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका आयोजना प्रमुख दिनेश कुमार नापीतले जानकारी दिएका छन् ।

“ सडकले यती धेरै जोखिम निम्त्यायो कि कतिपय स्थानमा खाल्डा खुल्डी उस्तै, धुलो उस्तै, मोडमा समस्या त्यस्तै धेरै समस्या छिचोल्दै जलजले पुगेका छन् अव अन्य सवारी साधनका लागि सहज हुने छ ।” नापीतको भनाई छ ।
सरकारले कर्णाली राजमार्ग भनेर घोषणा गरेको भए पनि सडक प्रभावकारी रूपमा निर्माण हुन नसकेका कारण समस्या भएको हो । पहिलो पटक यो राजमार्गमा यती लामा गाडीहरू आएकोले पनि समस्या भएको व्यवसायी रूपक थापाले जानकारी दिएका छन् ।

गत वर्ष नै डिजाइन गरेर सडक चौडा गर्न सडक विभागलाई सरकारले निर्देशन दिएको थियो, सडक विभागका प्राविधिकहरूले मोड मिलाउने काम गरेको भए पनि अन्य समस्याहरू भने कर्णाली राजमार्गमा कायमै रहेकोले पनि थप जटिल भएको थियो ।

रुपैडिया नाकाबाट करिब १ सय ५० बढी ट्रकहरू दैलेखका लागि हिँडेका छन् । आएका ४५ ट्रक सामानहरू अन लोड गर्दै धमाधम अन्य कामहरू सुरु गरिएको छ ।

नेपाल सरकार र चीन सरकारसँग २०१९ मा भएको जीटूजी सम्झौता अनुसार करिब २ अर्ब ५० करोड लागतमा दैलेखको भू भागमा पेट्रोलियम अन्वेषणको लागि सम्झौता भएको थियो । अहिले ४ किलोमिटर जमिन मुनि ड्रिलिङ गरेर कति परिमाणमा पेट्रोल वा ग्याँस छ भनेर पत्ता लाग्ने र त्यसपछि नेपाल सरकारले अर्को प्रक्रिया सुरु गर्ने नापीतको भनाई छ ।
दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा ४५ रोपनी जग्गा सरकारले अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम थालिएको छ ।

तत्कालिन प्रधानमन्त्री के.पी.शर्मा ओलीको पालामा चीन सरकार र नेपाल सर कारबिच जीटूजी सम्झौता भएसँगै कामले तीव्रता लिएको थियो । कोरोना सङ्क्रमणका कारण एक वर्ष सर्वेको काम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार