नयाँ अभियान सुरु होला

कर्णाली प्रदेश कान्छो प्रदेश हो । कर्णाली प्रदेश प्राप्तिकै लागी आन्दोलनमा होमिएका जनताहरूले कर्णाली प्रदेश गठन भएसँगै धेरै कुरामा जनताको जीवनस्तर परिवर्तन हुने आशा गरिरहेको अवस्था कायमै थियो अहिले पनि समग्र कर्णालीको अवस्था परिवर्तन हुन्छ कि भन्ने आशा जनतामा रहिरहेको छ ।

पहिलो कार्यकाल सकिएसँगै प्रदेश सभाको दोस्रो निर्वाचन पछि पनि अहिले चौथो मुख्य मन्त्रीका रूपमा कर्णाली प्रदेशले यामलाल कँडेललाई प्राप्त गरेको छ । यसअघि कर्णालीको नेतृत्व गरिसकेका राजनीतिक दलहरूले कर्णाली प्रदेशको समग्र अवस्था परिवर्तनका लागि गर्नुपर्ने प्रभावकारी कामहरू गर्न नसकेको गुनासो सम्बोधन गर्दै कर्णालीमा विकास खाने हो विकास गर्ने हैन भन्ने भाष्य स्थापित भएको छ ।

यसको जिम्मेवारी हालसम्म सरकारमा रहेका र सरकारको नेतृत्व गरेकाहरूले लिनुपर्ने हुन्छ । नैतिक दायित्व सँगै कर्णालीमा हालसम्म कार्यरत कर्मचारीहरूको पनि केही न केही अंशमा दोष देखिएको अवस्था छ । कर्णाली प्रदेशले प्रदेशको आर्थिक अवस्थामा सुधार हुने खालका ठुला परियोजनाहरू सञ्चालन गर्न नसक्नु विडम्बनाको कुरा हो ।

अथाह पर्यटनको सम्भावना बोकेको कर्णाली प्रदेशमा पर्यटनका नाममा कुल देवताको मन्दिर बनाउने कामहरू यो वर्ष पनि निरन्तर छ त्यो पनि पहुँचका भरमा, अर्कोतर्फ डिपिआर निर्माण देखि मन्त्रीले हालेका हरेक योजनामा मोटो रकम कमिसनका लागि खर्च हुने परिपाटी पूर्ण रूपमा बन्द नभएसम्म कर्णालीले विकासको फड्को मार्न नसक्ने स्पष्ट देखिएको छ । नयाँ सरकार गठन सँगै कर्णाली प्रदेशले प्रभावकारी काम गर्न नसके यो सरकार सञ्चालन गर्नेहरू पनि पुरानै मान्यतामा गएको स्पष्ट हुने छ यसका लागि केही दिन कुर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार