भगवतीमाईमा रेडक्रसको उपशाखा भवन

दैलेख : नेपाल रेडक्रस सोसाइटीको भगवतीमाई उपशाखाको तीन कोठे भवन निर्माण सँगै उद्घाटन गरिएको छ ।
२५ लाख ४७ हजारको लागतमा सम्पन्न भवनको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

भवन निर्माणका लागि गाउँपालिकाले दुई सय वर्गमीटर जग्गा उपब्ध गराएको थियो । भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारमा रहेको उक्त भवन निर्माण गर्न नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको २० लाख १७ हजार छ सय १९ र उपशाखाको पाँच लाख २९ हजार आठ सय ९२ रुपैंयाँ खर्च गरेको नेपाल रेडक्रस सोसाइटी भगवतीमाई उपशाखाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष बीरबहादुर बस्नेत, कर्णाली अध्यक्ष लिलाराम सुबेदी, दैलेख शाखा अध्यक्ष निर्जनकुमार खत्री लगायतका अधिकारीहरुको कार्यक्रममा उपस्थिति थियो । यसैवीच कर्णाली प्रदेशका दश जिल्लाका रेडक्रसमा आवद्ध प्रतिनिधिहरुको उपस्थितीमा भगवतीमाई गाउँपालिकामा प्रदेश स्तरिय साधारण सभा समेत सम्पन्न भएको छ ।

साधारण सभाले प्रदेश स्तरमा रेडक्रसले गर्नुपर्ने नीति र विधानका बारेमा छलफल गरि पास गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य एवं सामाजिक विकास सभापति घनश्याम भण्डारी, प्रदेश सभा सदस्य पूर्ण बहादुर खत्री लगायतले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार