दैलेख ः नेकपा एमाले दैलेखको सचिवालय बैठकले वैशाखमा सदस्यता वृद्धि अभियान प्रभावकारी बनाउने निर्णय गरेको छ । सदस्यता रिन्यु गर्ने, नयाँ सदस्यता विस्तार गर्ने अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिएका छन् ।
बैठकले कर्णाली सरकार निर्माणका लागि पहल गरेकोमा एमाले पार्टी अध्यक्ष के.पी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएको छ । कर्णाली प्रदेशका उपसचिव पूर्व सांसद रबिन्द्रराज शर्माको आतित्थ्यतामा बैठक सम्पन्न भएको थियो ।









