दैलेख : दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुंगेश्वरमा तीर्थयात्री सवार फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
भारत भ्रमणमा गएका तीर्थ यात्री बोकेर सुर्खेत हुँदै दैलेख जाँदै गरेको भे १ ख ४११४ नम्बर को गाडी माथिल्लो डुगेंश्वरको जिरो पोईन्ट नजिक ब्रेक फेल भएपछि रोकिएको मिनी ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिएका छन् । घाइते १३ मध्ये चालकलाई नेपालगन्ज पठाइएको छ भने ६ जनालाई सुर्खेत उपचारका लागि पठाइएको छ । सामान्य छ जना घर फर्केका छन् ।









