स्वाभाविक राजनीति प्रभाव अस्वाभाविक सक्रियता

विश्व राजनीति परिवेशमा आफ्नो वर्चस्व कायम गर्ने विषयमा शक्ति राष्ट्रहरुवीचको खिचातानी स्वाभाविक नै हो । जो सँग शक्ति छ जो सँग स्रोत साधनहरु धेरै छन् त्यस्ता मुलुकहरूले अल्पविकसित मुलुकहरूलाई यो वा त्यो बहानामा आफ्नो प्रभावमा पार्ने विषयको सोच राख्नु पक्कै पनि नराम्रो हैन तर त्यस्ता प्रभावहरूलाई कसरी सुरक्षित अवतरण गर्ने, सबैको विषय सुन्ने र महत्वपूर्ण कुन विषयहरू लागु गर्ने भन्ने सोच जुनसुकै देश सञ्चालन गर्ने जिम्मेवारी लिएकाहरूको काँधमा हुनुपर्दछ । सोही अनुसारका विदेश नीतिहरू निर्माण हुने, सोही अनुसारका विकासका कामहरू सुरु हुने र विकासमा देखिएका विभिन्न समस्याहरूको समाधानका उपायहरूको पनि खोजी गर्ने यस्ता विषयहरू महत्वपूर्ण विषयहरू हुन ।

नेपाल जस्ता अल्पविकसित मुलुकहरू र यहाँको संरचना चलाउने जिम्मेवारी लिएका राष्ट्रसेवक कर्मचारीहरू, विभिन्न समयमा सत्तामा पुगेका राजनीतिक दलका नेतृत्वहरू र स्वयं राजनीतिक दलहरु बसेर स्पष्ट खाका सहितको राष्ट्रियता विषय उठान गर्ने जो सरकारमा गएको खण्डमा पनि त्यस्ता गतिविधिहरुमा कहीँ कतै कसैले तलमाथि गर्न नपाउने विषयको सुरुवात गर्नु नै अहिलेको आवश्यकता हो ।

नेपाल देश अथाह स्रोत साधनहरूले भरिपूर्ण देश हो यो देशको आर्थिक अवस्था सुधारका विभिन्न आयामहरू छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त नेपालका लागि के छ भने दुबैतर्फ विश्व शक्ति राष्ट्रका रूपमा उदाउँदै गरेका शक्ति राष्ट्रहरु सँग कूटनीतिक सम्बन्ध प्रभावकारी बनाउन सकेको खण्डमा नेपालले अथाह फाइदा लिन सक्ने थियो तर सत्ताकै लागी देशका विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्ने विषय भनेको नेपालका नेताहरू चुकेका कारण राजनीतिक प्रभाव कता कता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेताहरूले स्वीकार गरेको देखिन्छ । सवैसँगै सहयोग लिने आफ्नो बलियो परराष्ट्र नीतिलाई कतै पनि हलचल गर्न नदिने विषय नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार