कार्यकारी प्रणाली आवश्यक हो ?

नेपाल अल्पविकसित मुलुक हो भन्ने विषयमा नेपालका राजनीतिक दलहरूले जसरी चर्को भाषण गर्ने गरेका छन् सोही अनुसारका ठुला परियोजना निर्माणमा भने त्यति धेरै चासो र चिन्ता गर्न नसकेका कारण नै नेपालको विकास पछाडि परेको हो । यो तत्थ्य कही कतै लुकाएर लुक्ने वाला छैन ।

जसरी नेपालको समग्र परिवर्तनका लागि राजनीतिक दलहरू बेला बेलामा एक भएजस्तो देखिने तर बत्त आएका बेलामा टुटफुट हुने र मुलुकले विकासको खाका निर्माण गर्न नसकेको नेपालको राजनीतिक अवस्थालाई स्थायी प्रकृतिको निर्माण गर्नका लागि नेपालका राजनीतिक दलहरूले अवको बाटो परिवर्तन गर्नुपर्ने बेला आएको छ । नेपालका दलहरूले अव प्रणालीमा सुधार गर्नुपर्ने हो कि भन्ने विषय पनि चर्चामा चलिरहेको बेलामा विभिन्न गठबन्धनबाट बनेका सरकारहरू एक वर्ष पनि चल्न नपाउने अवस्थाले यसको पुष्टि गरेको देखिन्छ ।

नेपालमा स्थायी राजनीति र विकासका लागि कार्यकारी प्रणाली नै आवश्यकता हो त भन्ने प्रश्नको बारेमा पनि दलहरूले सोच्नुपर्ने आवश्यकता देखिन्छ । चुनाव अघि नै गरिएको गठबन्धन एक वर्ष सम्म चल्न नसक्नु, अर्को गठबन्धन गर्दा पनि त्यसको अन्तिम आयु एक वर्ष मात्रै हो भनेर सोझै जो कसैले पनि विश्लेषण गर्न सक्ने अवस्था कसका कारणले हो त यसको सबै दोष नेपालका ठुला दलहरूले नै लिनुपर्ने आवश्यकता देखिएको छ ।

पुराना दलहरूप्रतिको वितृष्णाको विषयले दलहरुलाई नै चिन्तित बनाएको छ । नेपालका राजनीतिक दलहरूले अव चुनाव अगाडी गठबन्धन हैन चुनाव राजनीतिक एजेन्डाका साथ अगाडी बढ्नुपर्ने र चुनाव पछिको जनताको मत अनुसारको समीकरण गर्नुपर्ने देखिन्छ । त्यसो गर्न नसक्ने हो भने अव राजनीतिले नयाँ मोड लिन सक्ने र पुराना दलहरूलाई आगामी निर्वाचन निकै समस्या हुन सक्ने सङ्केतहरूले राजनीतिक दलहरूले बिचार र सिद्धान्तका आधारमा ध्रुवीकरण र स्थायी सरकार र विकासको लागि कार्यकारी प्रणाली नै अहिलेको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार