दैलेख : दैलेखका विभिन्न जङ्गलमा दुई सातादेखि लागेको आगो बर्सातसँगै आगलागी रोकिएको छ । दैलेखका १५ भन्दा बढी जङ्गलमा लागेको आगो निभाउन निकै चुनौती भएका बेलामा मङ्गलवार र बुधवारको बर्सातले आगो निभाएको छ ।
ठुलो आगो सल्किएका कारण नियन्त्रण गर्ने उपाय नभएको बस्तिमा आउन सक्ने जोखिम रोक्ने मात्र काम भएको थियो । बर्सातका कारण बनमा लागेको आगो निभेको डिभिजन वन कार्यालय दैलेखले जानकारी दिएको छ ।









