सिरोहिया थप तीन दिन थुनामै राख्न आदेश

काठमाडौं : नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले पुनः थप तीन दिन थुनामा राख्न आदेश गरेको छ ।

धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो। सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुना राखी मुद्दा अनुसन्धान गर्ने समय मागेको थियो । गत मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा हाजिर गराएको थियोे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार