बर्सात नभएसम्म बत्तीको अवस्था सुधार नहुने

दैलेखः दैलेखमा देखिएको बत्तीको समस्या बर्सात नभएसम्म समाधान नहुने भएको छ । चर्को गर्मी सँगै विद्युतको अत्यधिक माग बढेकोले हरेक दिन कोहलपुर र सुर्खेत खण्डमा लोड धान्न नसकेका कारण बत्तीको तार आफै चुँडिने समस्या देखिएको छ । माग अनुसारको बत्ती आपूर्तिका लागि बर्सात सँगै बिजुली उत्पादन बढ्न सक्ने भएकोले बर्सात भएपछि विद्युतको समस्या समाधान हुने दैलेख वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले जानकारी दिएका छन् ।

दैलेखमा विद्युत उत्पादन गरिरहेका दुई वटा हाइड्रोपावरबाट उत्पादन भएको विद्युतले मात्रै समस्या समाधान हुने थियो तर पानीको सतह निकै घटेका कारण ८ मेगावाट उत्पादन क्षमता भएका हाइड्रोपावर अहिले ३ किलोवाट मात्र विद्युत् उत्पादन भएकोले समस्या भएको रावलको भनाई छ ।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले विद्युत आपूर्तिमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग तत्कालै छलफल गरेर समाधानका लागि पहल थालनी गरिने बताएका छन् ।
जिल्लामा आउने विद्युतको भोल्टेज नेपालगञ्जदेखिनै कम आएकोले समस्या धेरै देखिएको र दैनिक प्रशासनिक काममा समेत असहजता भएको कोइरालाको भनाई छ ।

यस अघि आईसुलेसन विधि वाट उत्पादन भएको विद्युत् दैलेखका लागि मात्र भए पनि पर्याप्त हुन्थ्यो तर माग अनुसार विद्युत उत्पादन हुन नसकेपछि आईसुलेसन विधि प्रयोग गर्न नसकिने भएको छ । अटो कन्ट्रोल सिस्टममा समेत समस्या उत्पन्न भएको र निर्माण कार्यमा पटाइएकोले केही दिनमा मेसिन मर्मत भएर दैलेख आउने हाइड्रो कम्पनीले जानकारी दिएका छन् ।

दैलेखमा ७८ वटा वडामा विद्युत् सेवा विस्तार भएकोले पनि माग धेरै भएको दैलेख वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिएका छन् । बर्सात सुरु हुनेवित्तिकै दैलेखमा देखिएको विद्युतको समस्या समाधानका लागि पहल थालिने रावलको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार