दैलेख : नेपालको प्रमुख खाद्यन्न बाली धान रोप्ने समय असारलाई लिईन्छ । अँझै असार १५ गतेलाई त धान रोप्ने बिशेष दिनको रुपमा मनाउने गरिन्छ । धान उत्पादन गर्ने मूख्य देशहरुको सुचिमा नेपाल पर्ने गरेको सन्र्दभलाई हेर्ने हो भने पनि पछिल्ला बर्षहरुमा धेरै जसो खेतहरु बाँझो रहेको अवस्था छ ।
कतिपय युवाहरु देश बाहिर रहेकोले पनि खेत बाँझा छन् भने कतिपय गरिव, विपन्न व्यक्तिहरु, एकल महिलाहरु आर्थिक अभावका कारण धान रोप्न नसक्ने अवस्थामा छन् । धान दिवसकै अवसर पारेर नेकपा एमाले दैलेखले भने बिशेष अभियानको थालनी गरेको छ । धान दिवसकै दिन नेकपा एमालेले दैलेखका ११ पालिका मध्ये ९ पालिकामा छनौट गरिएका किसानको गरामै पुगेर धान रोप्ने, वाउसे, हलि लगायतको सवै काम सम्पन्न गरेर पुरै काम सकेर फर्किएका छन् ।
दैलेखमा अभियानकै रुपमा यसलाई सुरुवात गर्नेगरि तयारी थालिएको र सोको उद्घाटन असार १५ गतेबाट गरिएको, यो कार्य हरेक बर्ष निरन्तर गर्ने नेकपा एमाले दैलेखका अध्यक्ष सुर्यबहादुर शाहीले जानकारी दिएका छन् । शाहिले भने हामिले किसानको खेतमा गएर फोटो खिच्नका लागि मात्र काम गरेनौं, ११ पालिका मध्ये ९ पालिकाका किसानहरुको बारिमा ६ सय बढी कार्यकर्ता परिचालन गरेर काम गर्यौं । हामिले किसानको छनौट गर्र्यौं किसनको खेतमा पानी, विऊ र हलगोरु व्यवस्थापन गर्न भन्यौं, सक्नुहुन्छ खानाको व्यवस्था गर्नुहोला नसके हामि आफै बिहान खाना आएर आउँछौं भन्यौं सोही अनुसार खेतमा पुगेर पुरै मेलो नसकेसम्म फर्किएनौं, यसलाई अभियानकै रुपमा लिन्छौं । यती मात्र हैन धान काट्ने बेलामा गएर पनि सहयोग गर्ने शाहीको भनाई छ ।
“जलबायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि ”भन्ने यसको नारा सार्थक बनाउँदै यसलाई थप प्रभावकारी बनाउने अभियानमा लागेको किसान महासंघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिएका छन् । सिंचाई अभाव भएका स्थानमा सरकारले सिंचाई सुविधा प्रदान गरिदियो भने गरिव र विपन्न नागरिकका खेत नेकपा एमालेले रोपिदिने अभियान पनि सँगसँगै सुरुवात गर्ने तयारी भएको थापाको भनाई छ ।
एमाले नेता नन्द किशोर बस्नेतले खेत रोपेपछि बास्तवीक समस्यामा परेका किसानहरुलाई मलको अभाव भयो भने, मलको व्यवस्थापनका लागि पनि आफुले व्यत्तिगत सहयोग गर्ने बताएका छन् । नेकपा एमाले दैलेखले नारायण नगरपालिकाको ५ स्थीत विनि खोलाको न्युरेनी खेत लगायतका ९ वटा खेत रोपेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेकपा एमाले जिल्ला कमिटी दैलेखको आयोजनामा मुख्य व्यवस्थापन अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी दैलेख र दैलेखका ११ वटै पालिकाका कमिटीहरुको सहजिकरणमा पहिलो चरणको अभियान थालनी गरेका छौं ।
आगामी बर्ष दैलेखका ९० वटै वडामा गरिव, विपन्न किसान छनौट गर्छौं, समस्यामा परेका जुनसुकै पार्टीका किसानहरुको गरामा गएर अभियान थालनी गर्ने नेकपा एमाले दैलेखका अध्यक्ष सुर्यबहादुर शाहीको भनाई छ ।









