पुराना कला, संस्कृति नेपालको मौलिक पहिचान

नेपालको आफ्नै भाषा, संस्कृति रहनसहन र यहाँको भौगोलिक बनावटको विषयलाई हेर्ने हो भने पनि नेपाल विश्वका अन्य मुलुकहरू मध्ये कला, संस्कृति र जैविकविविधताले भरिपूर्ण देशको रूपमा परिचित छ । नेपालको आफ्नो मौलिककला संस्कृतिहरू जो सयौँ वर्षदेखि निरन्तर चलिरहेका छन् त्यस्ताकला संस्कृतिहरू अहिले पनिकायमै छन् । तर जसरी पुराना संस्कृतिहरूको संरक्षणलगायतका विषयहरूमातीनतहका सरकारहरूले विशेष चासो र चिन्ताव्यक्तगर्नुपर्ने हो सोहीअनुसारका कामहरू भने हुन सकेको देखिदैन ।

नेपालीहरूको महान् चाड बडा दसैँ लगत्तै तिहारको रौनक आएको छ । पुराना संस्कृति र परम्परा अनुसार दसैँ र तिहारको विशेष महत्व छ । सरकारले संविधान परिवर्तनसँगै नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा ग¥यो । योसँगै विभिन्न भेषभूषा र चाडबाड अनिधर्म संस्कृतिहरू मनाउ नपाउने,धर्म छान्न पाउने कुराले पनि नेपालको विविधता झनै बढेको छ ।
जसरी परिवर्तनकालागिविभिन्न घोषणाहरू भए ।ऐन, नियम र नीतिहरू परिवर्तन भए । नेपालमा संविधानजारी भयो । उति वेला समावेश गरिएका कतिपय विषयहरू अमिल्दाभएभन्दै अहिले पनि केही खास विषयहरूमा चर्चा र बहस सुरु हुनथालेको छ ।

स्वतन्त्रताको नाममै कतिपयधर्म र संस्कृतिमाआयातित संस्कृतिहरूको सहज पहुँच विस्तार भएका कारण नेपालका पुरानाकला संस्कृतिहरू मासिँदै र हराउँदै गएका छन् । सामाजिक सञ्जालमा जे गरेको छ, सोही कुरा नक्कलगर्ने प्रवृत्ति नेपालमाआएको छ । मखमलीफूल र चामलको टीका लगाउने, त्यो टीकामा पनि सप्तरङ्गी रङ्ग लगाउने, अनिभाइलाई आफैले बनाएको परिकार जुन स्थानीय उत्पादनमा आधारित छन्, त्यस्ता कोसेली खुवाउने प्रचलन कतिपय सहरी क्षेत्रहरूमा बदलिएका छन् । प्लास्टिकमा प्याक गरेका सामग्रीहरू, जुन सामग्रीको म्यादकति छ भनेर समेत उल्लेख गरिएको हुँदैन । त्यस्ता खाले बस्तुहरूको उपभोग बढ्दै गएको छ । अर्कोतर्फ विभिन्न विषादी प्रयोग गरिएका सामानहरूको दैनिक उपभोगका कारण मानव स्वास्थ्य दिन प्रति दिन समस्यामा पर्दै गएको छ । यस्ता धेरै आयातित विषयहरू देखासिकीकै भरमा भित्रिएका कारण नेपालका पुराना उत्पादनहरू समेत हराउँदै गएका छन् । फरक–फरक समुदायमा बसोबास गर्ने नागरिकहरूका फरक–फरक पहिचान, धर्म र संस्कृतिलाई जोगाउँदै सभ्य समाजको निर्माणका लागि सबैले एक पटक मनन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

नेपालमा स्वस्थानी वत्रकथाको प्रभावको बारेमाविदेशमाअध्ययनगरिन्छ, नेपालका ठूला चाडबाडहरूको महत्वका बारेमा अन्तर्राष्ट्रिय स्तरका व्यक्तिहरूले खोज अनुसन्धान र अध्ययनगर्ने गरेका छन् त्यसैले पनि नेपालकाकला संस्कृतिहरूलाई संरक्षण र सम्वद्र्धन गर्दै विश्वमा नेपालको पहिचान कायम राख्नका लागि सम्बन्धित निकायहरूले विशेष ध्यानदिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार