लेख : सङ्घीयतापछि सञ्चालनमा आएका गाउँका सिंहदरबारले भाडाका घरबाट सरकार सञ्चालन गर्दै आएका छन् । स्थानीय तह सञ्चालनमा आएको लामो समय भइसक्दा समेत उनीहरूले हालसम्म आफ्नै भवन निर्माण गर्न सकेका छैनन् । स्थानीय तहका आफ्नै भवन नहुँदा नागरिकलाई एकीकृत सेवा लिन असहज हुँदै आएको छ ।
नागरिकलाई नजिकबाट सेवा दिने भन्दै स्थानीय सरकार सञ्चालनमा आएको आठ वर्ष बढी भइसक्दा समेत कहीँ जग्गा विवाद त कहीँ निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा गाउँका सिंहदरबारले वर्षेनीलाखौँ रुपैयाँखर्च गरी भाडाका घरबाट सरकार सञ्चालनगर्दै आएका घरेलु सरकारका जनप्रतिनिधिले आफ्नै भवन निर्माणमा चासो नदिएका
हुन् ।
भाडाका घरबाट सरकार सञ्चालनगरिरहेका दैलेखकातीन वटा स्थानीयपालिका नौमूले, ठाटीकाँधगाउँपालिका र आठबीस नगरपालिकाका विषयगत शाखाहरू छुटा–छुट्टै भवनमा रहँदा सेवाग्राहीलाई सेवा लिन झन्झट हुँदै आएको छ । स्थानीय सरकार सञ्चालनको आठ वर्ष बढी भइसक्दा गाउँपालिकाको आफ्नै भवन नहुँदा नागरिकलाई एकीकृत सेवा लिन असहजहुने गरेको नौमूले–४ का शशिरामविश्वकर्माले बताए ।
नौमूले गाउँपालिकाले आफ्नै भवन निर्माणका लागि उपयुक्त जग्गा नपाउँदा समस्या भएको बताउँदै आएको छ । भवन निर्माण गर्ने भन्दै पटक–पटक सूचना जारी गर्दा समेत हालसम्म जग्गा नपाइएको नौमूले गाउँपालिकाकाअध्यक्ष छबिराम सुवेदीले बताए । ‘आफ्नै भवन निर्माणका लागि जग्गा पाइएको छैन । जग्गा प्राप्तिका लागि सूचना जारी गर्दै आएका छौँ,’ अध्यक्ष सुवेदीले भने ।
गाउँपालिका भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाउँदा कार्यपालिकाका आठ जना सदस्यको असहमतिका कारण पनि काम अघि बढ्न नसकेको अध्यक्ष सुवेदीले बताए । उनले भने, ‘जग्गा प्राप्ति प्रक्रियामा कार्यपालिकाबाट विवाद सिर्जना हुँदा काम अघि बढेको छैन । माघ पन्ध्रसम्म भवन निर्माण नहुनुको कारण सङ्घीय सरकारलाई लेखेर पठाउनुपर्ने छ ।’
आफ्नै भवन नहुँदा वार्षिक १३ लाखबढी घर भाडामा खर्च हुने गरेको नौमूले गाउँपालिकाले जनाएको छ । नौमूलेमा स्थानीय सरकार सञ्चालनका लागि वडा कार्यालय बाहेक आठ वटा भवन भाडामा रहेकोपाइएको हो । पालिकाको आफ्नै भवन निर्माणमा जनप्रतिनिधिले चासो नलिँदा नौमूलेमा वार्षिक रूपमा लाखौँ भाडाका नाममा मात्र खर्च हुने गरेको
देखिन्छ ।
यहाँको ठाटीकाँधगाउँपालिकापनि भाडाकै घरबाट सञ्चालनमा रहेको छ । स्थानीय सरकार सञ्चालनमा आएको लामो समय भइसक्दा समेतठाटीकाँधले हालसम्मआफ्नै भवन निर्माण नगरी भाडाका घरबाट सरकार सञ्चालन गर्दै आएको हो । गाउँपालिका सञ्चालनका लागि तीन वटा भवनको १२ देखि १५ लाखसम्म वार्षिक रूपमा भाडामा खर्च हुने गरेका गाउँपालिकाका लेखापाल लोकेन्द्र बहादुर भण्डारीले बताए ।
भवन निर्माणका लागि समयमा जग्गा नपाउँदा ढिलाइ भएको ठाटीकाँधगाउँपालिकाअध्यक्षरक्षबहादुर शाहले बताए । अघिल्लो पटक स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न नसक्दा आफू आएपछि मात्र जग्गा प्राप्तिदेखि भवन निर्माणको प्रक्रियालाई अघि बढाएको अध्यक्ष शाहको भनाई छ ।
जग्गा प्राप्ति गरिसकेको बताउँदै भवन निर्माणका लागि गाउँपालिकाले यस आर्थिक वर्ष सङ्घीय सरकारसँग साझेदारी गर्न ७० लाख विनियोजन गरेको अध्यक्ष शाहले बताए । उनले धमाका दैनिकसँग भने, ‘जग्गा पाइसकेका छौँ । सङ्घीय सरकारसँग बजेट माग गरी यहीँ आर्थिक वर्षदेखि भवन निर्माणको काम सुरु गर्ने गरी अघि बढेका छौँ ।,’
आठबीस नगरपालिकाले वर्षमा पन्ध्र लाखसम्म घर भाडामा खर्च गर्दै आएको छ । स्थानीय सरकार सञ्चालनका लागि ११ वटा भवन भाडामा लिएको नगरपालिकाका सहायक लेखापाल चन्द्रवीर थापाले बताए । दुई वर्षभित्रनिर्माण कार्य सम्पन्न गर्ने गरी आठबीसले आर्थिक वर्ष २०७९÷०८० भदौदेखि आफ्नै भवन निर्माण थालेको थियो ।
सङ्घीय सरकारले बजेट नपठाउँदा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको उक्तनगरपालिकाका सवइन्जिनियर प्रकाश गरीले बताए । ‘सङ्घीय सरकारले भवन निर्माणका लागि बजेट नपठाउँदा ढिलाइ भएको हो । हालसम्म नगरपालिका भवन निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । कार्यपालिकाले भवन निर्माणको म्याद चैतसम्म थपेको छ,’ इन्जिनियर गिरीले भने ।
–छबिराम सुवेदी ः अध्यक्ष
नौमूले गाउँपालिका, दैलेख
“भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाउँदा कार्यपालिकाका आठ जना सदस्यको असहमतिका कारण पनि काम अघि बढ्न सकेन । जग्गा प्राप्ति प्रक्रियामा कार्यपालिकाबाट विवाद सिर्जना हुँदा काम अघि नबढेको हो । माघ १५गतेसम्मभवननिर्माण नहुनुको कारण सङ्घीय सरकारलाई लेखेर पठाउनुपर्ने छ ।”
–रक्षबहादुर शाह ःअध्यक्ष
ठाटीकाँध गाउँपालिका, दैलेख
“ठाटीकाँधले यस आर्थिक वर्ष भवन निर्माणको काम अघि बढाउने गृहकार्य थालेको छ । यस अघि स्थानीय सरकार सञ्चालनमा पुगेका जनप्रतिनिधिले भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न नसक्दा आफू आएपछि जग्गा प्राप्तिदेखि भवन निर्माणको प्रक्रियालाई अघि बढाएको हुँ ।”
प्रकाश गरी
सव ईन्जिनियर
आठबीस नगरपालिका, दैलेख
“सङ्घीय सरकारले बजेट नपठाउँदा तोकिएको समयमा भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो । हालसम्म नगरपालिका भवन निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको छ । कार्यपालिकाले भवन निर्माणको म्याद चैतसम्म थपेको छ । सङ्घीय सरकारले बजेट पठाए थपिएको म्यादभित्र भवन निर्माणको काम सम्पन्न हुने अपेक्षामा छौँ ।”









