नेपाली सेनाको टोली म्यान्मा प्रस्थान

काठमाडौँ : नेपाली सेनाको टोली मेडिकल राहत सहितम्यान्मा प्रस्थान गरेको छ । विनाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएकाले सेनाको टोली त्यहाँ गएको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यान्मा प्रस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिक संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यान्मा भूकम्पमा परी घाइते भएकाको स्वास्थ्य उपचार गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार