कर्णालीमा भौतिक पूर्वाधारका कारण खेल खेल्न समस्या छैन

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्न भौतिक पूर्वाधारको समस्या नभएको बताएका छन् । पूर्वाधार नभएका कारण नभई सम्बन्धित पक्षको अयोग्यता र असक्षमताका कारण हुन नसकेको मुख्यमन्त्री कँडेलको आरोप छ । तीन पटक मिति तोकेर पनि आयोजना गर्न नसक्नुलाई कर्णालीमा पूर्वाधार तयार नभएर रोकिएको भन्नु न्यायोचित नहुने मुख्यमन्त्री कँडेलको भनाई छ । उनले दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण पूरा भइसकेकाले सङ्घीय सरकारले नयाँ मिति तोकेर काम अघि बढाउन आग्रह गरे ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सहआयोजनामा आयोजित १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन कार्यक्रममा कँडेलले कर्णाली प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लाािग आवश्यक सहयोग गर्ने बताए । ‘आगामी दिनहरुमा केन्द्र सरकारले विकास र खेलहरुका लागि साधनस्रोतको कमी जहाँ छ त्यहाँ ध्यान पु¥याउनुपर्छ,’ उनले भने । संघीय सरकार र खेल क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारीले कर्णालीको विकास र खेलकुद पूर्वाधारमा ध्यान नपु¥याएको उनको गुनासो छ ।
प्रदेश समुन्नति र समृद्धिका लागि प्राकृतिक रुपमा भरिपूर्ण भएपनि त्यसको उपयोग गर्न पूर्वाधारको विकास आवश्यक रहेको मुख्यमन्त्री कँडेलको जिकिर छ । कर्णालीलाई विकट, विपन्नको थलोको रुपमा हेरिने दृष्टिकोण बदल्न जरूरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार