वैशाखयता सात हजार बढी विपद्का घटना

काठमाडौँ : गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार दुई सय ३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, एक हजार आठ सय जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार चार सय ८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका तीजन सय २१, पहिरोका छ सय ४, भारी वर्षा चार सय ४२, चट्याङ चार सय ६ र सर्पदशका छ सय घटना भएका छन् ।

यसैगरी, वन डढेलो दुई सय ७९, हुरीबतासका चार सय ५१, जनावर आक्रमणका पाँच सय ४, लेक लागेका एक सय २३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ । यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई ÷दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक÷एक घटना घटेका छन् ।

यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपद्मा परी १० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार