डाः गोबिन्द केसी अनसनमा

काठमाण्डौं माघ २४ ।
आफ्नो मागहरूलाई सरकारले बेवास्ता गरेको भन्दै शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी आजदेखि फेरि आमरण अनसनमा बस्नुहुने भएको छ । माग पूरा            गराउन दबाब दिने उद्देश्यले उहाँ यसअघि १४ दिन लामो अनसमा बस्नुभएको थियो । त्रिभुवन विश्व विद्यालयका पदाधिकारीहरूले चिकित्साशास्त्र अध्ययन संस्थानको डिन नियुक्तिमा आलटाल गरेको उनको आरोप छ ।         दुइ दिनभित्र डिन नियुक्त गरिने आश्वासन पाएपछि उनले १४ दिने अनसन तोडेका थिए तर १५ दिन बित्दा पनि कुनै चासो नदेखाएकोेले आफू बाध्य भएर फेरि अनसनमा बस्ने निर्णयमा पुगेको उनको भनाइ छ । आज दिउँसो पत्रकार सम्मेलन गरी चौथोपटकको अनसन सुरु गर्ने जानकारी दिएका छन् ।  लामो समयसम्म आमरण अनसनमा बसेका डा. केसी पूर्णरूपमा स्वस्थ भएका छैनन् । मेडिकल माफियाको चलखेल रोक्न पनि आफूले अनसनबाट दबाब     दिनुपरेको केसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार