महिलाहरु भन्छन नेतृत्व लिन सक्षम छौ

कमल शर्मा
दैलेख २३ फागुन ।
सरकारले स्थानीय निकायको निर्बाचन मंसिरमा गर्ने तयारि गरिरहेका बेला दैलेखका महिलाहरुले स्थानीय निकायको निर्बाचनमा नेतृत्व लिन सक्षम भएको भन्दै बहस सुरु गरेका छन् ।
विगतदेखि विभिन्न किसिमका समस्याबाट गुज्रीएका महिलाहरुले घरभित्रै र बाहिर हुने सवैखाले हिंसा को अन्त्यका साथै हरेक विकासका गतिविधीहरुमा अर्थपुर्ण सहभागिताको सवाललाई जोडदारका साथ उठाउनका लागि पनि स्थानीय निकायमा आफुहरुको उपस्थिती अनिवार्य रहेको बताएका छन् ।
बिहीवार १०४ औ        अन्र्तराष्ट्रिय महिला दिवसका अवसरमा संकल्प नेपालको आर्थिक सहयोग दलित महिला संघ दैलेखले आयोजना गरेको अन्तर सम्बादमा कार्यक्रममा उनीहरुले आफुहरु नेतृत्व लिन आतुर रहेको बताएका छन् ।
“महिला हिंसा अन्त्यका लागि हौ जम्मा, घर देखि सबिधान सभा सम्म” भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा महिलाहरुले आफुहरु स्थानीय निकायको नेतृत्व गर्न सक्ने बताएका छन् ।
स्थानीय निकायको निर्बाचन हुने हल्ला आएष्पछि अधिकाँस महिलाहरुका विषयमा वकालत गर्ने समूहमा बसेका महिलाहरुले आफुहरु गाविस अध्यक्ष देखि वडा अध्यक्ष सम्म लड्न तयार रहेको बताएका छन् ।
कार्यक्रममा बिभिन्न राजनैतिक दल निकट महिला सघ संगठनले पार्टीले जिम्मेवारी दिन नमानेको गुनासो गरेका छन् ।
जिल्लामा रहेका बिभिन्न क्रियाशिल राजनैतिक दलका प्रमुख एवंम प्रतिनिधीहरुले महिलाहरु सक्षम भए आफुहरु महिलाहरुलाई नेतृत्व दिन तयार रहेको बताएका छन् ।
नेकपा एमालेका कावा अध्यक्ष बरुनाथ योगीले महिलाका मुद्धा अग्रसरता दिन महिलाकै नेतृत्व आवश्यक पर्ने भएकाले आफुहरुले नेतृत्व दिन तयार रहेको बताएका छन् । बिशेष अतिथी जिल्ला बिकास समितीका पुर्ब सभापती टेक बहादुर खाणले नेतृत्व लिनका लागि पहिला आफु सक्षम हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार