दैलेख २७ श्रावण
अखण्ड मध्यपश्चिको माग गर्दै बिभिन्न जिल्लाहरुमा आन्दोलन चर्किदै गएको बेला दैलेखका नागरिकहरुले पनि आन्दोलन चर्काएका छन् । आम नागरिकहरुले दैलेखमा तेस्रो दिन गरेको बन्दका कारण दिनभर शिक्षण संस्था,सरकारी कार्यालय, यातायात लगायत बजार पुर्णरुपमा बन्द भएका छन् ।
विहान देखी आन्दोलन कारीहरुले नारा जुलुस सहित बजार क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय गैरसरकारी कार्यालयहरु लाई बन्द गराउदै हिडेका थिए । आन्दोलनकारीहरुको टोलीले नारा जुलुस सहित दैलेख बजारको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेको थियो । घेराउ कार्यक्रमा दैलेखमा क्रियाशिल सम्पूर्ण राजनैतिक दल, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैसस महासंघ, होटल ब्यबसायी संघ लगायतका नागरिक संगठनले सहयोग गरेका थिए ।
दैलेखमा क्रियाशिल राजनैतिक दल, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैसस महासंघ, होटल ब्यबसायी संघ लगायतका नागरिक संगठनले प्रदेश विभाजन का क्रममा सरकारले मध्यपश्चिमलाई बिभाजन गरेको भन्दै एक हप्ता बन्द घोषणा गरेका छन् । रोग र भोगको चपेटामा रहेका भेरी र कर्णालीका जनतालाई थप पिडा दिन सरकारले प्रदेशको सिमांकन गरेको भन्दै दैलेख बन्दका कार्यक्रम एक हप्ताका लागी तय गरिएको बताइएको छ । दैलेख सदरमुकाममा मात्र नभै दैलेखको क्षेत्र नं. २ दुल्लू नगरपालिकामा इलाका सरकारले मध्यपश्चिमलाई बिभाजन गरेको भन्दै नारा जुलुस सहित जिला प्रशासन कार्यालयमा भर्ना दिएर विरोध गरेका हुन । अखण्ड मध्यपश्चिम कायम गर, मध्यपश्चिम लाई टुक्राउन पाइदैन , मध्यपश्चिम लाई सुदुर पश्चिममा गाभ्न पाईदैन , भेरी कर्णाली प्रदेश घोषणा गर भन्दै दैलेखमा नाराजुलुस गरिएको छ । नागरिकहरुले दिनभर नाराजुलुसगरेको भएपनि अन्य जिल्लामा जस्तो अप्रिय घटना नभएको र आन्दोलनको तेस्रो दिन पनि शान्तिपुर्ण भएको छ । एक हप्ताका बन्दका कार्यक्रम अन्तरगर्त आज विहान १० बजे देखी साझँ ४ बजे सम्म जिल्ला प्रशासन मा धर्ना दिइने बताइएको छ ।









